काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले ७५औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) तथा विजयादशमीको संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । आज अर्थात् अक्टोबर १९ मा परेको बचत ऋण सहकारी अभियानको विश्वस्तरीय पर्व आइसीयू डे सँगै घर भित्रिएको बडा दशैंको एक साथ संक्षिप्त शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । आइसीयू डे प्रत्येक अक्टोबरको तेस्रो विहिबार मनाउने प्रचलन सन् १९४८ बाट सुरु भएको हो । सोही अनुरुप यो वर्ष कार्तिक २ गते आइसीयू डे परेको हो भने यस वर्षको विजयादशमी सुरु भैसकेको छ ।