धुलिखेल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आयोजना एवं एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा लीडरशीप बुटक्याम्प सुरु भएको छ । जोन सी म्याक्सवेलको ११ वटा लिडरसिफ्ट मोड्युलमा आधारित नेतृत्व विकाससम्बन्धी उच्चस्तरीय ३ दिने तालिम हिजोबाट धुलिखेलमा सुरु भएको हो । तालिममा नेफ्स्कून सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनको सहभागिता छ ।