प्रदेश सरकारका बजेटमा सहकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश सरकारका बजेटमा सहकारी

काठमाडौं  । सातै प्रदेशका सरकारकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । बजेटमा सहकारी क्षेत्र समेटिएका मन्त्रालयका लागि गरिएको बजेट बिनियोजनको अवस्था यस्तो पाइएको छः 

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटमा उद्योग, कृषि तथा सहकारी क्षेत्रका लागि कुल २ अर्ब ६७ करोड विनियोजन गरिएको छ ।

मधेश प्रदेश सरकारको बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७९ करोड १९ लाख रूपैयाँ विनियोजन गरिएको छ। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

बागमती प्रदेशले ६४ अर्ब ५४ करोडको बजेट सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि आगामी आवका लागि दुई अर्ब ४६ करोड करोड विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९८ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी वर्ष कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि दुई अर्ब नौ करोड बजेट विनियोजन भएको छ। गण्डकी प्रदेशमा यही मन्त्रालयले सहकारी पनि हेर्दै आएको छ ।

लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले सहकारी संस्थाहरुको वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन सघन तथा नियमित अनुगमन गर्नका लागि आवश्यक रकम विनियोजन गरिएको उल्लेख छ । 

यस्तै, सहकारी संस्थामा देखिएको समस्या न्यूनीकरण गरी बचतकर्ताको रकम सुरक्षित गर्न सहकारी सञ्चालक, स्थानीय तहका सहकारी हेर्ने शाखा र नियमनकारी निकायका पदाधिकारीहरुलाई सहकारीसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि गर्न आवश्यक रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । यस्तै, सहकारी संघ संस्थाहरुको स्थिति पहिचान, वर्गीकरण, निरीक्षण र अनुगमनका लागि सहकारी क्षेत्रमा स्थापित पल्र्स र सदस्य केन्द्रीत सूचकाङ्क विधिबाट कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइएको उल्लेख छ ।  

कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोडको बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई अर्ब ६८ करोड विनियोजन गरेको छ । व्यावसायिक कृषकहरूले सहकारी संस्थाबाट कृषि कर्जा लिएमा १० प्रतिशत र बैङ्कबाट कर्जा लिएमा ७ प्रतिशत ब्याज तिरी दिने व्यवस्थाका लागि ११ करोड बजेट व्यवस्था गरेको छ । यस कार्यक्रमबाट १ अर्ब पुँजी परिचालन भइ करिब १ हजार ५ सय किसान लाभान्वित हुने जनाइएको छ ।

सुदूर पश्चिम सरकारले ३१ अर्ब ६३ करोडको बजेट सार्वजनिक गरेको छ । सरकारले भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रको विकासका लागि ३ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । किसानलाई बीउ, बेर्ना, पशुपन्छी पालन, यान्त्रिकीकरणमा अनुदान दिने, सहकारीको नियमन गर्ने, दुग्ध क्षेत्रको विकास जस्ता कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।

बागमती र सुदूर पश्चिमबाहेक सबैको बजेट अघि आर्थिक वर्षको तुलनामा घटाइएको छ ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप