अर्थशास्त्रतर्फको नोबेले पुरस्कार-२०२४
किन केही मुलुकहरु सम्पन्न अनि धेरै विपन्न छन् ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किन केही मुलुकहरु सम्पन्न अनि धेरै विपन्न छन् ?

एजेन्सी । स्वीडेनको राजधानी स्टकहोममा रहेको नोबेल कमिटीका अनुसार विश्वका सबैभन्दा धनी २० प्रतिशत मुलुकहरुको आर्थिक सम्पन्नता विश्वका सबैभन्दा गरिब २० प्रतिशत मुलुकहरुको तुलनामा ३० गुनाले बढी छ । विश्वका सम्पन्न र विपन्न मुलकहरुबीचको आम्दानीको खाडल बढ्दो छ । उनीहरुबीच आर्थिक असमानता अत्यधिक छ । 

जब हामी समृद्धिको कुरा गर्छौ तब किन विश्वका मुलुकहरुबीच मूलतः आर्थिक समृद्धिको विषयमा यति धेरै भिन्नता छ ? यो संगिन प्रश्न हो । यसका थुप्रै कारकहरु हुन्छन् र जसमध्ये एउटा महत्वपूर्ण कारण भनेको मुलुकहरुका हुने सामाजिक संस्थाहरुको अवस्था पनि हो । कुनै पनि मुलुकका सामाजिक संघ संस्थाहरु र तिनले मुलुकको समद्धिमा पार्ने प्रभावबारे मिहिन अध्ययन गर्ने तीन अनुसन्धाताहरुलाई सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेले पुस्कार प्रदान गर्ने निर्णय भर्खरै गरिएको छ ।

नोबेल कमिटीले सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार ड्यारन एसमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको हो । 

युरोपेली साम्राज्यहरुले स्थापना गरेका आर्थिक तथा राजनीतिक प्रणालीहरुको अध्ययनको बलमा ती अनुसन्धाताहरुले सामाजिक संस्थाहरु र मुलुकको समृद्धिको अन्तरसम्बन्ध मसिनो ढंगले केलाउने कोशिस गरेका छन् । यसका लागि उनीहरुले सैद्धान्तिक औजार पनि विकास गरेका छन् जसले किन विभिन्न मुुलुकका सामाजिक संस्थाहरुमा भिन्नता पाइन्छन र समयक्रममा तिनीहरुले के कस्तो परिवर्तन आत्मसात गर्छन् । १६औं शताब्दी यता औपनिवेशिक मुलुकहरुले विकास गरेको आर्थिक सामाजिक प्रणालीका कारण सम्पन्नताको अवस्थामा आएको परिवर्तन अध्ययनले देखाएको छ । औपनिवेशिक कालमा सम्पन्न ठाउँहरु अहिले सबैभन्दा विपन्नमा दरिएका छन् । यसैगरी, मृत्युदरलाई पनि उनीहरुले अध्ययनको आधार बनाएका छन् । मृत्युदर बढी भएका उपनिवेशहरुमा अहिले प्रतिव्यक्ति आय अहिले कम रहेको पाइएको छ ।

तीन अर्थशास्त्रीहरुले अमेरिकाका दुई शहरहरुको अध्ययन गरेका छन् । अमेरिकाको एरिजोना राज्यस्थित नोगालेस शहरको विशेषता भएको यसको उत्तरी भाग अमेरिकामा पर्छ भने दक्षिण भाग छिमेकी मेक्सिकोमा पर्छ ।  दुई भागको छुट्टाछुट्टै अध्ययन गर्दा अमेरिकामा पर्ने उत्तरी भागको अवस्था राम्रो तर मेक्सिकोमा पर्ने दक्षिणी भागको अवस्था नराम्रो पाइयो जसको कारण ती ठाउँका सामाजिक र आर्थिक संगठनहरु रहेको अध्ययनले देखाएको छ ।

भौगोलिक अवस्था, साँस्कृतिक समानता, दुरीको नकटताका बाबजूद दुई भागको अवस्थामा तात्विक भिन्नता आउनुको कारण अरु केही नभई ती ठाउँका संस्थाहरु भएको अर्थशास्त्रीहरु दाबी गर्छन् । अमेरिकी भूभागमा रहेका उत्तरतर्फका नागरिकहरुमा राजनीतिक स्वतन्त्रता, आर्थिक अवसरहरु र समानता, राजनीतिक अधिकार, स्वतन्त्रता, हक अधिकार आदि बढी पाइन्छ भने ती मूलभूत विषयहरु दक्षिणतर्फका मेक्सिकोबासीहरुमा कम पाइन्छ ।

अध्ययनले परिवर्तन सम्भव छ र नयाँ सामाजिक र राजनीतिक संस्थाहरुको गठन सम्भव भएको ठहर गरेका छन् । पुरातन प्रणालीलाई परिवर्तन गरी प्रजातन्त्र र विधिको शासन स्थापनाको अपरिहार्यतामा उनीहरुको अध्ययनले जोड दिन्छ । यसो गर्दा गरिबी न्यूनीकरण गर्न सकिने उनीहरुले जनाएका छन् ।

नोबेल कमिटी भन्छ, विपन्न मुलुकहरुको अवस्था पनि सुधार हुँदै नभएको होइन । यद्यपि, उनीहरुले अति सम्पन्न मुलुकहरुलाई समृद्धिको दौडमा भेट्न निक्कै कठिन बनेको सत्य हो ।  अति सम्पन्न र अति विपन्न मुलुकहरुबीचको विभेद वा खाडलको मुख्य कारणहरुमध्ये ती मुलुकहरुका सामाजिक संस्थाहरुको अवस्था, भूमिका र परिवर्तनको प्रकृति हो । यही विषयको खोज र अनुसन्धानमा संलग्न तीन अर्थशास्त्रीलाई सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा नोबेल कमिटीले गरेको हो ।  

उनीहरुले मुलतः सामाजिक संस्थाहरु कसरी बन्छन् वा गठन हुन्छन् र तिनले मुलुकको समृद्धिमा कसरी असर वा प्रभाव पार्दछन् भनेर महत्वपूर्ण र रोचक अध्ययन गरेका हुन् । जनसंख्यालाई शोषण गर्ने अनि विधिको शासन कमजोर भएका समाज र सामाजिक संस्थाहरु भएका मुलुकहरुले आर्थिक वृद्धि हासिल गर्न नसक्ने अध्ययनको निष्कर्ष रहेको छ । 


 

भर्खरै
नेफ्स्कून सञ्चालक पौड्याल लुस्कून अध्यक्ष निर्वाचित
नेफ्स्कून सञ्चालक पौड्याल लुस्कून अध्यक्ष निर्वाचित

२० घण्टा अगाडि

जिल्ला बचत संघ पर्साको अध्यक्षमा पटेल विजयी
जिल्ला बचत संघ पर्साको अध्यक्षमा पटेल विजयी

२१ घण्टा अगाडि

'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  

२१ घण्टा अगाडि

साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

२२ घण्टा अगाडि

खुल्ला प्रतिस्पर्धा मार्फत कर्मचारी माग गरिएको सूचना
खुल्ला प्रतिस्पर्धा मार्फत कर्मचारी माग गरिएको सूचना

४ दिन अगाडि

‘प्रतिस्थापन विधेयकमार्फत सहकारी अध्यादेशलाई समसामयिक बनाउँछौं’ : सचिव पोखरेल
‘प्रतिस्थापन विधेयकमार्फत सहकारी अध्यादेशलाई समसामयिक बनाउँछौं’ : सचिव पोखरेल

८ दिन अगाडि

क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन  
क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन...

११ दिन अगाडि

सहकारी अध्यादेश २०८१ को सम्बन्धमा नेफ्स्कूनद्वारा जारी प्रेस विज्ञप्ती
सहकारी अध्यादेश २०८१ को सम्बन्धमा नेफ्स्कूनद्वारा जारी प्रेस विज्ञप्ती

११ दिन अगाडि

लोकप्रिय
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  

२१ घण्टा अगाडि

साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

२२ घण्टा अगाडि

सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च कार्यक्रम सम्पन्न 
सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च कार्यक्रम सम्पन्न 

९२६ दिन अगाडि

चितवनमा जोखिम व्यवस्थापनका उपाय विषयक कार्यक्रम सञ्चालन
चितवनमा जोखिम व्यवस्थापनका उपाय विषयक कार्यक्रम सञ्चालन

५८६ दिन अगाडि

सहकारी सद्भावना भ्रमणमा नेपाल आइपुगेका बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कूनद्वारा स्वागत 
सहकारी सद्भावना भ्रमणमा नेपाल आइपुगेका बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कूनद्वारा स्वागत 

५९७ दिन अगाडि

कैलालीमा सहकारी क्षेत्रका चुनौती र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलालीमा सहकारी क्षेत्रका चुनौती र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६०५ दिन अगाडि

तनहूँमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन
तनहूँमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

६१२ दिन अगाडि

मन्त्री र रजिष्ट्रारलाई महासंघले बुझायो १३ बुँदे माग
मन्त्री र रजिष्ट्रारलाई महासंघले बुझायो १३ बुँदे माग

६२४ दिन अगाडि

पाठकबाट थप