अर्थशास्त्रतर्फको नोबेले पुरस्कार-२०२४
किन केही मुलुकहरु सम्पन्न अनि धेरै विपन्न छन् ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किन केही मुलुकहरु सम्पन्न अनि धेरै विपन्न छन् ?

एजेन्सी । स्वीडेनको राजधानी स्टकहोममा रहेको नोबेल कमिटीका अनुसार विश्वका सबैभन्दा धनी २० प्रतिशत मुलुकहरुको आर्थिक सम्पन्नता विश्वका सबैभन्दा गरिब २० प्रतिशत मुलुकहरुको तुलनामा ३० गुनाले बढी छ । विश्वका सम्पन्न र विपन्न मुलकहरुबीचको आम्दानीको खाडल बढ्दो छ । उनीहरुबीच आर्थिक असमानता अत्यधिक छ । 

जब हामी समृद्धिको कुरा गर्छौ तब किन विश्वका मुलुकहरुबीच मूलतः आर्थिक समृद्धिको विषयमा यति धेरै भिन्नता छ ? यो संगिन प्रश्न हो । यसका थुप्रै कारकहरु हुन्छन् र जसमध्ये एउटा महत्वपूर्ण कारण भनेको मुलुकहरुका हुने सामाजिक संस्थाहरुको अवस्था पनि हो । कुनै पनि मुलुकका सामाजिक संघ संस्थाहरु र तिनले मुलुकको समद्धिमा पार्ने प्रभावबारे मिहिन अध्ययन गर्ने तीन अनुसन्धाताहरुलाई सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेले पुस्कार प्रदान गर्ने निर्णय भर्खरै गरिएको छ ।

नोबेल कमिटीले सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार ड्यारन एसमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको हो । 

युरोपेली साम्राज्यहरुले स्थापना गरेका आर्थिक तथा राजनीतिक प्रणालीहरुको अध्ययनको बलमा ती अनुसन्धाताहरुले सामाजिक संस्थाहरु र मुलुकको समृद्धिको अन्तरसम्बन्ध मसिनो ढंगले केलाउने कोशिस गरेका छन् । यसका लागि उनीहरुले सैद्धान्तिक औजार पनि विकास गरेका छन् जसले किन विभिन्न मुुलुकका सामाजिक संस्थाहरुमा भिन्नता पाइन्छन र समयक्रममा तिनीहरुले के कस्तो परिवर्तन आत्मसात गर्छन् । १६औं शताब्दी यता औपनिवेशिक मुलुकहरुले विकास गरेको आर्थिक सामाजिक प्रणालीका कारण सम्पन्नताको अवस्थामा आएको परिवर्तन अध्ययनले देखाएको छ । औपनिवेशिक कालमा सम्पन्न ठाउँहरु अहिले सबैभन्दा विपन्नमा दरिएका छन् । यसैगरी, मृत्युदरलाई पनि उनीहरुले अध्ययनको आधार बनाएका छन् । मृत्युदर बढी भएका उपनिवेशहरुमा अहिले प्रतिव्यक्ति आय अहिले कम रहेको पाइएको छ ।

तीन अर्थशास्त्रीहरुले अमेरिकाका दुई शहरहरुको अध्ययन गरेका छन् । अमेरिकाको एरिजोना राज्यस्थित नोगालेस शहरको विशेषता भएको यसको उत्तरी भाग अमेरिकामा पर्छ भने दक्षिण भाग छिमेकी मेक्सिकोमा पर्छ ।  दुई भागको छुट्टाछुट्टै अध्ययन गर्दा अमेरिकामा पर्ने उत्तरी भागको अवस्था राम्रो तर मेक्सिकोमा पर्ने दक्षिणी भागको अवस्था नराम्रो पाइयो जसको कारण ती ठाउँका सामाजिक र आर्थिक संगठनहरु रहेको अध्ययनले देखाएको छ ।

भौगोलिक अवस्था, साँस्कृतिक समानता, दुरीको नकटताका बाबजूद दुई भागको अवस्थामा तात्विक भिन्नता आउनुको कारण अरु केही नभई ती ठाउँका संस्थाहरु भएको अर्थशास्त्रीहरु दाबी गर्छन् । अमेरिकी भूभागमा रहेका उत्तरतर्फका नागरिकहरुमा राजनीतिक स्वतन्त्रता, आर्थिक अवसरहरु र समानता, राजनीतिक अधिकार, स्वतन्त्रता, हक अधिकार आदि बढी पाइन्छ भने ती मूलभूत विषयहरु दक्षिणतर्फका मेक्सिकोबासीहरुमा कम पाइन्छ ।

अध्ययनले परिवर्तन सम्भव छ र नयाँ सामाजिक र राजनीतिक संस्थाहरुको गठन सम्भव भएको ठहर गरेका छन् । पुरातन प्रणालीलाई परिवर्तन गरी प्रजातन्त्र र विधिको शासन स्थापनाको अपरिहार्यतामा उनीहरुको अध्ययनले जोड दिन्छ । यसो गर्दा गरिबी न्यूनीकरण गर्न सकिने उनीहरुले जनाएका छन् ।

नोबेल कमिटी भन्छ, विपन्न मुलुकहरुको अवस्था पनि सुधार हुँदै नभएको होइन । यद्यपि, उनीहरुले अति सम्पन्न मुलुकहरुलाई समृद्धिको दौडमा भेट्न निक्कै कठिन बनेको सत्य हो ।  अति सम्पन्न र अति विपन्न मुलुकहरुबीचको विभेद वा खाडलको मुख्य कारणहरुमध्ये ती मुलुकहरुका सामाजिक संस्थाहरुको अवस्था, भूमिका र परिवर्तनको प्रकृति हो । यही विषयको खोज र अनुसन्धानमा संलग्न तीन अर्थशास्त्रीलाई सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा नोबेल कमिटीले गरेको हो ।  

उनीहरुले मुलतः सामाजिक संस्थाहरु कसरी बन्छन् वा गठन हुन्छन् र तिनले मुलुकको समृद्धिमा कसरी असर वा प्रभाव पार्दछन् भनेर महत्वपूर्ण र रोचक अध्ययन गरेका हुन् । जनसंख्यालाई शोषण गर्ने अनि विधिको शासन कमजोर भएका समाज र सामाजिक संस्थाहरु भएका मुलुकहरुले आर्थिक वृद्धि हासिल गर्न नसक्ने अध्ययनको निष्कर्ष रहेको छ । 

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप