आइसीयू डे-२०२४
आज ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस: ‘सहकारी वित्तमार्फत एक विश्व’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस: ‘सहकारी वित्तमार्फत एक विश्व’

एजेन्सी । ‘सहकारी वित्तमार्फत एक विश्व’ (ONE WORLD THROUGH COOPERATIVE FINANCE)  भन्ने थिमका साथ आज ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । यो वर्ष २०८१ साल कार्तिक १ गते (सन् २०२४ अक्टोबर १७) ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस परेको हो । विश्वभरका बचत तथा ऋण सहकारी अभियानले प्रत्येक अक्टोबरको तेस्रो विहीबार अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस अर्थात् आइसीयू डे विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । 

आइसीयू डे को पूर्वसन्ध्यामा विश्व ऋण परिषद् (ओकू) ले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल विश्वका १०४ मुलुकका ७४ हजार ६ सय ३४ क्रेडिट युनियनमा कुल ४१ करोड १० लाख ८ हजार बढी जनसंख्या आबद्ध छ । यो अभियानको कुल सम्पत्ति ३.७ ट्रिलियन अमेरिकी डलर रहेको छ । अघिल्लो वर्ष भने ९८ मुलुकका ८२ हजार ७ सय ५८ क्रेडिट युनियनमा ४० करोड ३९ लाख ७६ हजार ४९ जनसंख्या आबद्ध थियो ।

आइसीयू डे–विश्वभरका वित्तीय सहकारीहरुको सबैभन्दा ठूलो पर्व हो । यो विश्वभरका वित्तीय सहकारीहरुको साझा उत्सव हो । यसलाई उत्सवकै रुपमा विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाउने गर्दछन् । यस वर्ष पनि विश्व ऋण परिषद् (ओकू), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लगायत विभिन्न मुलुकका वित्तीय सहकारीका शीर्ष संघहरुसँगै प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरी आइसीयू डे मनाउँदैछन् ।

सन् १९२७ जनवरी १७ मा अमेरिकाको म्यासाचुसेट्सको क्रेडिट युनियन लिगले सदस्यहरु र कामदारहरुको लागि बचत प्रेरक Benjamin Franklin को जन्मदिनको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाएको थियो । तर त्यसले निरन्तरता पाएन ।

त्यसपछि सन् १९४८ को अक्टोबर तेस्रो विहिबारका दिन “अबको समय बचत तथा ऋण सहकारीहरू मार्फत राम्रो संसार निर्माण गर्ने हो” भन्ने थिमका साथ अमेरिकाको Credit Union National Association- CUNA (हाल Americas Credit Unions) र CUNA Mutual Insurance ले क्रेडिट युनियन दिवस मनाउने निर्णय गरे । ततपश्चात अमेरिकी साकोस अभियन्ताहरुले यसको इतिहास र उपलब्धिहरु प्रतिविम्बित गर्न तथा साकोसमैत्री वातावरण निर्माण तथा प्रवर्धनका लागि मानिसहरुलाई एकसाथ जोड्नु पर्छ भन्ने आवश्यकता रहेको रहेको महसूस गरे । त्यसले गर्दा क्रेडिट युनियनहरुलाई कुनै कुनै रुपमा दिवस मनाउन प्रेरित गर्यो ।

सन् १९५० मा CUNA को World Extension Department ले विश्वभरका साकोसको विकासको लागि प्राविधिक सहयोग र सैद्धान्तिक मार्गनिर्देशन प्रदान गर्यो । सन् १९६४ सम्म CUNA International को सहयोगमा धेरै देशहरुमा क्रेडिट युनियनहरु स्थापना भए । यसरी हरेक वर्ष अक्टोबरको तेस्रो विहीबारलाई अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसको रुपमा मनाउन थालियो ।

सन् १९७१ मा विश्वभरि क्रेडिट युनियनहरु स्थापना गर्न र बचत तथा ऋण सहकारी अभियान (साकोस अभियान) बचाउनको लागि विश्व ऋण परिषद्को विधिवत स्थापना भयो । उक्त अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसलाई विश्व ऋण परिषद्ले पनि मान्यता दिइ निरन्तरता दियो । यस दिवसले विश्वमा साकोस अभियानको अद्वितीय भिन्नतालाई जनस्तरमा स्थापित गराउने काम गर्दछ ।

आइसीयू डे विश्व क्रेडिट युनियन आन्दोलनको इतिहासलाई प्रतिबिम्बित गर्ने, सामूहिक उपलब्धिहरूलाई प्रवर्धन गर्ने र भविष्यको लागि तयारी गर्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दिवस भएको विश्व ऋण परिषद्ले जनाएको छ । यस वर्षको थिमले विश्व अभियानलाई एकाकार गराउने माध्यम सहकारी वित्त भएको भन्दै वित्तीय सहकारीहरुको अपरिहार्य र शसक्त भूमिकामा जोड दिएको छ । 

क्रेडिट युनियनमा आवद्ध नेतृत्व, व्यवस्थापन, सदस्य र सरोकारवालाहरुको त्यागबाट हासिल ७६ वर्षे इतिहास विश्व बचत तथा ऋण सहकारी अभियानको महत्वपूर्ण कोशेढुङ्गा हो । क्रेडिट युनियन अभियान पृथक परिकल्पनासहितको उत्कृष्ट अभ्यास हो । समर्पण, सहयोग र सफलताको अभियान हो ।

अतः आइसीयू डे–यही भावनाको प्रबलीकरणसहित विश्व अभियानमा एकाकार हुने अवसर हो । अभियानका अग्रजहरुलाई सम्मान र अनुजहरुलाई हौसला प्रदान गर्ने मौका हो । क्रेडिट युनियन अर्थात् साकोस अभियानमा समर्पित सम्पूर्ण सदस्य, कर्मचारी, संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उपसमिति सबैको सम्मान र सम्झना गर्ने दिवस हो । समग्रमा, यो दिवस क्रेडिट युनियनको गौरव गाथा गाउने पावन पर्व हो ।

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

Notice
Notice

१२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप