आइसीयू डे-२०२४
आज ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस: ‘सहकारी वित्तमार्फत एक विश्व’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस: ‘सहकारी वित्तमार्फत एक विश्व’

एजेन्सी । ‘सहकारी वित्तमार्फत एक विश्व’ (ONE WORLD THROUGH COOPERATIVE FINANCE)  भन्ने थिमका साथ आज ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । यो वर्ष २०८१ साल कार्तिक १ गते (सन् २०२४ अक्टोबर १७) ७६ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस परेको हो । विश्वभरका बचत तथा ऋण सहकारी अभियानले प्रत्येक अक्टोबरको तेस्रो विहीबार अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस अर्थात् आइसीयू डे विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । 

आइसीयू डे को पूर्वसन्ध्यामा विश्व ऋण परिषद् (ओकू) ले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल विश्वका १०४ मुलुकका ७४ हजार ६ सय ३४ क्रेडिट युनियनमा कुल ४१ करोड १० लाख ८ हजार बढी जनसंख्या आबद्ध छ । यो अभियानको कुल सम्पत्ति ३.७ ट्रिलियन अमेरिकी डलर रहेको छ । अघिल्लो वर्ष भने ९८ मुलुकका ८२ हजार ७ सय ५८ क्रेडिट युनियनमा ४० करोड ३९ लाख ७६ हजार ४९ जनसंख्या आबद्ध थियो ।

आइसीयू डे–विश्वभरका वित्तीय सहकारीहरुको सबैभन्दा ठूलो पर्व हो । यो विश्वभरका वित्तीय सहकारीहरुको साझा उत्सव हो । यसलाई उत्सवकै रुपमा विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाउने गर्दछन् । यस वर्ष पनि विश्व ऋण परिषद् (ओकू), नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लगायत विभिन्न मुलुकका वित्तीय सहकारीका शीर्ष संघहरुसँगै प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरी आइसीयू डे मनाउँदैछन् ।

सन् १९२७ जनवरी १७ मा अमेरिकाको म्यासाचुसेट्सको क्रेडिट युनियन लिगले सदस्यहरु र कामदारहरुको लागि बचत प्रेरक Benjamin Franklin को जन्मदिनको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस मनाएको थियो । तर त्यसले निरन्तरता पाएन ।

त्यसपछि सन् १९४८ को अक्टोबर तेस्रो विहिबारका दिन “अबको समय बचत तथा ऋण सहकारीहरू मार्फत राम्रो संसार निर्माण गर्ने हो” भन्ने थिमका साथ अमेरिकाको Credit Union National Association- CUNA (हाल Americas Credit Unions) र CUNA Mutual Insurance ले क्रेडिट युनियन दिवस मनाउने निर्णय गरे । ततपश्चात अमेरिकी साकोस अभियन्ताहरुले यसको इतिहास र उपलब्धिहरु प्रतिविम्बित गर्न तथा साकोसमैत्री वातावरण निर्माण तथा प्रवर्धनका लागि मानिसहरुलाई एकसाथ जोड्नु पर्छ भन्ने आवश्यकता रहेको रहेको महसूस गरे । त्यसले गर्दा क्रेडिट युनियनहरुलाई कुनै कुनै रुपमा दिवस मनाउन प्रेरित गर्यो ।

सन् १९५० मा CUNA को World Extension Department ले विश्वभरका साकोसको विकासको लागि प्राविधिक सहयोग र सैद्धान्तिक मार्गनिर्देशन प्रदान गर्यो । सन् १९६४ सम्म CUNA International को सहयोगमा धेरै देशहरुमा क्रेडिट युनियनहरु स्थापना भए । यसरी हरेक वर्ष अक्टोबरको तेस्रो विहीबारलाई अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसको रुपमा मनाउन थालियो ।

सन् १९७१ मा विश्वभरि क्रेडिट युनियनहरु स्थापना गर्न र बचत तथा ऋण सहकारी अभियान (साकोस अभियान) बचाउनको लागि विश्व ऋण परिषद्को विधिवत स्थापना भयो । उक्त अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसलाई विश्व ऋण परिषद्ले पनि मान्यता दिइ निरन्तरता दियो । यस दिवसले विश्वमा साकोस अभियानको अद्वितीय भिन्नतालाई जनस्तरमा स्थापित गराउने काम गर्दछ ।

आइसीयू डे विश्व क्रेडिट युनियन आन्दोलनको इतिहासलाई प्रतिबिम्बित गर्ने, सामूहिक उपलब्धिहरूलाई प्रवर्धन गर्ने र भविष्यको लागि तयारी गर्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दिवस भएको विश्व ऋण परिषद्ले जनाएको छ । यस वर्षको थिमले विश्व अभियानलाई एकाकार गराउने माध्यम सहकारी वित्त भएको भन्दै वित्तीय सहकारीहरुको अपरिहार्य र शसक्त भूमिकामा जोड दिएको छ । 

क्रेडिट युनियनमा आवद्ध नेतृत्व, व्यवस्थापन, सदस्य र सरोकारवालाहरुको त्यागबाट हासिल ७६ वर्षे इतिहास विश्व बचत तथा ऋण सहकारी अभियानको महत्वपूर्ण कोशेढुङ्गा हो । क्रेडिट युनियन अभियान पृथक परिकल्पनासहितको उत्कृष्ट अभ्यास हो । समर्पण, सहयोग र सफलताको अभियान हो ।

अतः आइसीयू डे–यही भावनाको प्रबलीकरणसहित विश्व अभियानमा एकाकार हुने अवसर हो । अभियानका अग्रजहरुलाई सम्मान र अनुजहरुलाई हौसला प्रदान गर्ने मौका हो । क्रेडिट युनियन अर्थात् साकोस अभियानमा समर्पित सम्पूर्ण सदस्य, कर्मचारी, संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उपसमिति सबैको सम्मान र सम्झना गर्ने दिवस हो । समग्रमा, यो दिवस क्रेडिट युनियनको गौरव गाथा गाउने पावन पर्व हो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप