विश्व क्रेडिट युनियन अभियानः व्यक्तिगत सदस्य बढ्दै, संस्था घट्दै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट युनियन अभियानः व्यक्तिगत सदस्य बढ्दै, संस्था घट्दै 

काठमाडौं । विश्व क्रेडिट युनियनको परिवार ठूलो बन्दैछ । सन् २०२२ मा व्यक्तिगत सदस्य संख्या ४० करोड बढी रहेको विश्व क्रेडिट युनियन अभियानको परिवार संख्या सन् २०२३ मा बढेर ४१ करोड १० लाख बढी पुगेको छ । क्रेडिट युनियनमा आबद्ध व्यक्तिगत सदस्यहरुको संख्या १ अर्ब पुर्याउने महत्कांक्षी लक्ष्य अघि सारको विश्व ऋण परिषद् (ओकू) ले यसलाई महत्वपूर्ण उपलब्धि संज्ञा दिएको छ । यद्यपि, यो वृद्धिदर भने ठूलो होइन ।

तर, कुल क्रेडिट युनियनहरुको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको छ । सन् २०२२ मा ओकूको सञ्जालभित्र ८२ हजार बढी क्रेडिट युनियनहरु अटाएका थिए भने सन् २०२३ मा ७४ हजार ६ सय बढीमा सीमित भएको छ । ओकूको तथ्याङ्क अनुसार सन् २०२३ मा डोमिनिका, नेपाल, ब्राजिल र बेलायतमा सदस्य संख्या बढेको हो । ओकूले ब्राजिलको वृद्धिदरलाई समान दरमा भएको वृद्धि भनेको छ । यसैगरी, डोमिनिका र नेपालमा पनि भएको वृद्धिदरलाई ओकूले उत्साहजनक भनेको छ ।

यसैगरी, क्रेडिट युनियन अभियानमा सहभागी विश्वका मुलुकहरुको संख्या पनि बढ्दो छ । सन् २०२२ मा ९८ मुलुक रहेकोमा सन् २०२३ मा यो सख्ंया १०४ पुगेको छ । यसले पनि क्रेडिट युनियनहरुको विश्वव्यापी प्रभाव बढेको पुष्टि गरेको छ ।

ओकूले विगत एक दशक (सन् २०१४ देखि २०२३) मा विश्व क्रेडिट युनियन अभियनको सदस्यता ८९ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसमा सबैभन्दा महत्वपूर्ण योगदान एशिया महादेशको रहेको ओकूले जनाएको छ ।

आइसीयू डे को पूर्वसन्ध्यामा विश्व ऋण परिषद् (ओकू) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल विश्वका १०४ मुलुकका ७४ हजार ६ सय ३४ क्रेडिट युनियनमा कुल ४१ करोड १० लाख ८ हजार बढी जनसंख्या आबद्ध छ । यो अभियानको कुल सम्पत्ति ३.७ ट्रिलियन अमेरिकी डलर रहेको छ । अघिल्लो वर्ष भने ९८ मुलुकका ८२ हजार ७ सय ५८ क्रेडिट युनियनमा ४० करोड ३९ लाख ७६ हजार ४९ जनसंख्या आबद्ध थियो ।

यसो हुनुमा क्रेडिट युनियनहरुबीच भएको एकीकरण एक प्रमुख कारण हो । संख्या घटाएर सदस्यता विस्तार गर्दा बजारमा प्रतिस्पर्धी स्थान तय गर्न सकिने कारणले पनि एकीकरणको विश्वव्यापी लहर चलेको हो । अमेरिकी क्रेडिट युनियनका दुई केन्द्रीय संघहरु क्रेडिट युनियन नेशनल एशोसिएसन (क्यूना) र नेशनल एशोसिएन अफ फेडेरल्ली इनस्योर्ड क्रेडिट युनियन (एनएएफसीयू) बीच एकीकरण भएर हाल अमेरिकाज् क्रेडिट युनियन्स बनेको छ भने थुप्रै उत्तर अमेरिकी क्रेडिट युनियनहरु मर्ज भएका छन् । यसैगरी, अफ्रिका, दक्षिण अमेरिका, एशिया लगायतमा पनि क्रेडिट युनियनहरु एकीकरण भएका छन् । 

अमेरिकाको बोस्टन शहरमा यसै बर्ष सम्पन्न विश्व क्रेडिट युनियन सम्मेलनको अवसरमा ओकूकी प्रमुख कार्यकारी अधिकृत एलिसा म्याककार्टर ला बोर्डले विश्व क्रेडिट युनियन सदस्यहरुको संख्या बढाउने जानकारी गराउनुभएको थियो । जसअनुसार कुल सदस्यमध्ये ५० प्रतिशत हिस्सा महिलाको हुनेछ । त्यति मात्र नभई ओकूले विश्वभर क्रेडिट युनियनको नेतृत्वमध्ये ५० प्रतिशत महिला भएको हेर्न चाहेको पनि एलिसाको प्रस्तुतिमा अटाएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप