अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४
बोलीमा एकरुपता सहकारिता हो: भारतीय प्रधानमन्त्री मोदी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बोलीमा एकरुपता सहकारिता हो:  भारतीय प्रधानमन्त्री मोदी 

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी अभियानभित्र बोलीमा एकरुपता हुनपर्ने बताउँदै एउटै आवाज सहकारिताको द्योतक भएको बताउनुभएको छ । उहाँले सँगसँगै हिड्नु र एउटै बोली बोल्नु सहकारिता भएको स्पष्ट पार्नुभयो ।

नयाँ दिल्लीमा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ को औपचारिक उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सहकार्य, सहयोग, समन्वय, पारस्परिकताको जगमा उभिएको सहकारिताको महत्वबारे चर्चा गर्नुभएको हो । उहाँले सहकारी जीवन संस्कृति भएको बताउनुभयो ।

विश्वको लागि सहकारी एक मोडल भएपनि भारतको लागि संस्कृतिको आधार अनि जीवनशैली भएको मोदीको दाबी थियो । भारतको स्वतन्त्रता आन्दोलनलाई पनि सहकारिताले प्रेरित गरेको उहाँले बताउनुभयो । सहकारीमार्फत आर्थिक सशक्तिकरणका साथै स्वतन्त्रता सेनानीहरुलाई सामूहिक मञ्च मिलेको जीकिर प्रधानमन्त्री मोदीले गर्नुभयो । महात्मा गान्धीको ग्रामस्वराजले सामुदायिक भागेदारीलाई नयाँ उर्जा दिएको उहाँको भनाइ थियो ।

भारतीय सहकारी अभियानको बलियो प्रवक्ताका रुपमा मोदीले आफ्नो सम्बोधनमा यो क्षेत्रको अपरिहार्यता, भारतीय सहकारी अभियानको योगदान, सम्भावना र विश्व सहकारी अभियानसँग एकाकारको विषयलाई महत्वका साथ समेट्नुभएको थियो ।

भारतका सरकार प्रमुखबाट सहकारी क्षेत्रको महत्ता र गरिमालाई यो तवरले विश्व सामु प्रस्तुत गर्नुले पनि हाम्रो छिमेकी मुलुकको सहकारी अभियान किन सशक्त रहेछ भन्ने गतिलो कारण मिल्दछ । मोदीले आफ्नो सम्बोधनमा सरकार र सहकारी अभियान मिलेर मुलुकलाई समृद्ध बनाउन लागि परेको बताउनुभयो । भारतमा हाल ८ लाख सहकारी समिति छन् ।

ग्रामीण भारतको करिब ९८ प्रतिशत हिस्सालाई सहकारी क्षेत्रले समेटेको उहाँले बताउनुभयो । करिब ३० करोड भारतीयहरु सहकारी अभियानसँग जोडिएको प्रधानमन्त्री मोदीले बताउनुभयो । प्रत्येक ५ भारतीयमा एक जना सहकारी अभियानसँग जोडिएको भन्दै हर क्षेत्रमा सहकारीको उपस्थिति बलियो भएको उहाँले दाबी प्रस्तुत गर्नुभयो । यस्तै भारतमा २ लाख आवास सहकारीहरु भएको पनि उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री मोदीले अमूल, इफ्कोको चर्चासँगै कृषि, उद्योग, आवास आदि विविध क्षेत्रमा सहकारीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री मोदीले भारतमा सहकारी बैंकीङ क्षेत्रलाई पनि सुधार गरी बलियो बनाएको बताउनुभयो । १२ लाख करोड सहकारी बैंकमा जम्मा भएको भन्दै प्रधानमन्त्री मोदीले सहकारी बैंकलाई केन्द्रीय बैंक अर्थात रिजर्ब बैंक अफ इन्डिया अन्तर्गत ल्याउने, सहकारी बैंकका सदस्यहरुको ५ लाख सम्मको बचत सुरक्षण गर्ने, डिजिटल बैंकिङको बिस्तार गर्ने आदि कामहरु भएको बताउनुभयो । यस्तै, अलग्गै सहकारी मन्त्रालय गठनदेखि आवश्यक नीति तथा कानून निर्माण लगायत अनेकौं कामहरुबारे पनि प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा समेट्नुभयो । भारतमा सहकारी अभियान सशक्त भएको भन्दै सरकारले सहकारी क्षेत्रमा निक्कै धेरै सुधारहरु गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेकोमा धन्यवाद दिनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप