विस्तारित मञ्चका कार्यक्रम सहित सिवाइसीको साधारणसभा शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विस्तारित मञ्चका कार्यक्रम सहित सिवाइसीको साधारणसभा शुरु

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले ११ औं बार्षिक साधारणसभा मंसिर १५ देखि सेवाकेन्द्र स्तरीय विस्तारित बैठकको आयोजना सहित शुरु गरेको छ । सिवाइसीका १० वटा सेवा केन्द्र मार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा मंसिर २५ गते गर्ने तयारी रहेको साकोसका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक सदस्य चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । 

साधारण सभाको पहिलो दिन संस्थाको नवमालिका र कल्याणकारी सदस्य सेवाकेन्द्रमा छुट्टाछुट्टै “विस्तारित मञ्च“ कार्यक्रम गरेको छ । मालिकाको कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारी संस्था ७ वटा सिद्धान्त अनुसार चल्नुपर्ने बताउनुभयो । सहकारीको शेयर सदस्य बन्दा राम्रोसँग बुझेर मात्र बन्नुपर्ने र बागलुङमा सिवाईसी सहकारीले राम्रो काम गरिरहेको कारण यसले फड्को मारिरहेकोले यसलाई अझै राम्रोसँग अगाडि बढाउन सापकोटाले सुझाव राख्नुभएको थियो । स्वास्थ सहकारी संस्थाका कोषाध्यक्ष शालिकराम सापकोटा , मुक्तिराम आचार्य लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राख्नुभएको थियो । 

त्यसैगरी सिवाईसी साकोसको कल्याणकारी सदस्य सेवाकेन्द्र अन्तरगत तित्याङमा पनि विस्तारित मञ्च सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बद्रि प्रसाद शर्मा पौडेलले सदस्यहरुको साथ सहयोग अझ बढि पाउन सके संस्थाले छिटो फड्को मार्ने धारणा राख्नुभयो । उहाले सिवाईसी साकोसका कार्यक्रमहरु लोकप्रिय रहेकोले सदस्यहरुको विश्वास जित्न सफल भएको बताउनुभयो । कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सिता शर्मा, सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाका संचालक डोलेन्द्र शर्मा र सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमिति सदस्य गोपाल कुमार शर्मा र पुर्व लेखा सुपरिवेक्षण समिति सदस्य नारायण शर्माले शुभकामना मन्तव्य र कल्याणकारी सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमार प्रसाद उपाध्यायले स्वागत, संचालन सचिव लक्ष्मण खड्काले गर्नुभएको थियो । दुवै कार्यक्रम सिवाईसी सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।

साधारणसभामा ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई (कल्याणकारी सदस्य सेवाकेन्द्र अन्तर्गत लक्ष्मी कुमारी उपाध्याय, हस्त कुमारी उपाध्याय, खम बहादुर खत्री, विष्णु माया थापा, रेशम बहादुर थापा क्षेत्री, नैनाकली सर्किनी र पदम बहादुर खड्का) , (नवमालिका सदस्य सेवाकेन्द्र अन्तरगत देवीदत्त उपाध्याय, गंगा बि.क) रु.५०००। ( नगद र उत्कृष्ट बाल बचत कर्ता (राजवी पौडेल र प्रभाव रेग्मी), उत्कृष्ट बचत कर्ता (मायादेवी दर्जी थापा ,रुद्रकली जैसी सापकोटा) , असल ऋणी उद्यमी (अमृता थापा, गंगा कुमारी सापकोटा), असल सदस्य ( नारायण प्रसाद जैसी, हरिकला पौडेल) लाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

साधारणसभा प्रगति प्रतिवेदन सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सितादेबी सापकोटा कडेलले प्रस्तुत गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप