विचार
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सन् २००८ देखि २०१२ सम्मको विश्वव्यापी वित्तीय संकट र युरोजोनको सार्वभौम ऋण व्यवस्थापनमा देखिएको समस्या पश्चात त्यस क्षेत्रका बैंकहरूको संस्थागत सुशासन सम्बन्धी नियमन र सुपरीवेक्षणमा महत्वपूर्ण परिवर्तन आएको थियो । विश्वव्यापी वित्तीय संकटपछि बैंक तथा वित्तीय संस्थाको सुशासन र नेतृत्व क्षमतामाथि विश्वभर नै पुनर्विचार हुन थाल्यो । संकट प...