साकोसको रणनितिक योजना निर्माणमा नेफ्स्कूनको प्राविधिक सहजिकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसको रणनितिक योजना निर्माणमा नेफ्स्कूनको प्राविधिक सहजिकरण

लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. सहकारी मूल्य, मान्यता र सदस्यकेन्द्रित सेवाको अभ्यासमार्फत समुदायमा वित्तीय पहुँच विस्तार गर्दै आएको एक सक्रिय सहकारी संस्था हो । संस्थाले बचत परिचालन, सुरक्षित ऋण लगानी, वित्तीय अनुशासन तथा सदस्य हितलाई प्राथमिकतामा राख्दै पारदर्शी र दिगो सहकारी अभ्यासलाई अघि बढाएको छ । आफ्नै भवन तथा संस्थागत संरचनासहित सञ्चालनमा रहेको संस्थाले प्रविधिमैत्री सेवा, सुशासन, जोखिम व्यवस्थापन र सदस्य सशक्तीकरणलाई केन्द्रमा राखेर कार्य गर्दै आएको छ । हाल संस्थाको कुल कारोबार करिब ४१ करोड रुपैयाँ रहेको छ । साथै, बदलिँदो आर्थिक तथा नियामकीय परिवेशअनुसार संस्थागत सुदृढीकरण र व्यवसायिक योजनाको प्रभावकारी कार्यान्वयनतर्फ निरन्तर अग्रसर रहेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहजीकरण गरेको यहाँको संस्थाको व्यावसायिक योजना निर्माण कार्यशालाले साकोसलाई कस्तो खालको व्यावहारिक ज्ञान र दिशा दिएको महसुस गर्नुभयो ?
यस कार्यशालाले संस्थाको वर्तमान अवस्था, आवश्यकता र सम्भावनालाई विश्लेषण गर्दै दीर्घकालीन सोचसहित व्यावसायिक योजना निर्माण गर्ने स्पष्ट दिशा दिएको अनुभूति गरेका छौँ । विशेषगरी सञ्चालक समिति र व्यवस्थापन पक्षको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै सदस्य सेवामा प्रविधिमैत्री तथा डिजिटल प्रणालीको प्रयोग अनिवार्य रूपमा विस्तार गर्नुपर्ने विषयमा व्यावहारिक ज्ञान प्राप्त भएको छ । साथै, संस्थालाई दिगो, व्यवस्थित र प्रतिस्पर्धी बनाउन रणनीतिक योजना निर्माणतर्फ नेफ्स्कूनले महत्वपूर्ण सहजीकरण गरेको महसुस गरेका छौँ ।

कार्यक्रममा प्रस्तुत गरिएका बिजनेस प्लान सम्बन्धी डकुमेन्ट, ढाँचा तथा प्रक्षेपण सामग्रीहरू कत्तिको उपयोगी र व्यवहारमा लागू गर्न सकिने खालका लागे ?
कार्यक्रममा प्रस्तुत गरिएका बिजनेस प्लान सम्बन्धी डकुमेन्ट, ढाँचा तथा प्रक्षेपण सामग्रीहरू अत्यन्त उपयोगी, व्यवहारमुखी र समयसापेक्ष लागेका छन् । ती सामग्रीहरूले संस्थाको योजना निर्माण, वित्तीय प्रक्षेपण तथा लक्ष्य निर्धारणलाई सहज बनाउनुका साथै व्यवहारमा लागू गर्न समेत सरल र प्रभावकारी आधार प्रदान गरेका छन् ।

सहकारीको वर्तमान वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा आगामी लक्ष्य निर्धारणमा उक्त तालिम/सहजीकरणले कस्तो सहयोग पु¥याउने देख्नुहुन्छ ?
उक्त तालिम तथा सहजीकरणले सहकारीको वर्तमान वित्तीय अवस्था विश्लेषण गर्न, जोखिम पहिचान तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन र आगामी लक्ष्यहरू यथार्थपरक ढंगले निर्धारण गर्न महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ । यसले संस्थालाई दिगो वित्तीय अनुशासन कायम गर्दै योजनाबद्ध रूपमा अघि बढ्न थप आत्मविश्वास प्रदान गरेको छ ।

नेफ्स्कूनले प्रदान गरेको विभिन्न टुल्सहरू कत्तिको प्रभावकारी पाउनुभयो ?
नेफ्स्कूनले प्रदान गरेका विभिन्न टुल्सहरू, विशेषगरी प्रोभेसन ब्रान्ड, स्थिरीकरण कोषमा सहभागिताको प्रमाणपत्र तथा स्वनियमनसँग सम्बन्धित उपकरणहरू संस्थागत सुशासन, विश्वसनीयता र सदस्यहरूको विश्वास अभिवृद्धि गर्न अत्यन्त प्रभावकारी देखिएका छन् । यस्ता टुल्सहरूले संस्थालाई थप व्यवस्थित, सुरक्षित र गुणस्तरीय सेवामुखी बनाउन सकारात्मक प्रभाव पारेका छन् ।

बिजनेस प्लान निर्माण तथा कार्यान्वयनका क्रममा सहकारीहरूले सामान्यतया भोग्ने चुनौतीहरू के–के हुन् र नेफ्स्कूनको सहजीकरणले ती चुनौती समाधानमा कत्तिको सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ?
सहकारीहरूले व्यवसायिक योजना निर्माण तथा कार्यान्वयनका क्रममा स्थायी सहकारी नीति अभाव, घट्दो ब्याजदर, लगानीको सीमितता, लगानीको सुरक्षा तथा असुली व्यवस्थापनमा कठिनाइ, साथै शेयर सदस्य वृद्धि दरमा कमी जस्ता चुनौतीहरू भोगिरहेका छन् । यस्ता समस्याको समाधानका लागि नेफ्स्कूनले कानुनी प्रक्रिया, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा संस्थागत सुदृढीकरणका विषयमा थप प्रभावकारी सहजीकरण र मार्गदर्शन गर्ने अपेक्षा गरेका छौँ ।

कार्यक्रमपछि सहकारीले बिजनेस प्लानलाई संस्थागत रूपमा कार्यान्वयन गर्न अब के–कस्ता ठोस कदम अगाडि बढाउने तयारी गरेको छ ?
कार्यक्रम पश्चात् संस्थाले बिजनेस प्लानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लक्ष्यअनुसार लगानी विस्तार, असुली व्यवस्थापनलाई सुदृढ बनाउने, शेयर सदस्य वृद्धि अभियानलाई तीव्रता दिने तथा वर्तमान अवस्थालाई सुधार गर्दै प्रविधिमैत्री र सदस्यकेन्द्रित सेवा प्रणाली विकास गर्ने तयारी गरेको छ । साथै, सञ्चालक समिति र व्यवस्थापन पक्षले संस्थालाई दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउने दिशामा ठोस योजनासहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप