पोखरा रोयल साकोसका महिला सदस्यलाई १५ दिने कुकिङ्ग तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसका महिला सदस्यलाई १५ दिने कुकिङ्ग तालिम सञ्चालन

पोखरा । पोखरा १०, बुद्धचोक कास्कि स्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिलाहरुलाई व्यावसायिक शीप सिकाउने उद्धेश्य अनुसार १५ दिने पाककला (कुकिङ्ग) तालिम सञ्चालन गरेको छ । 

साकोसले वार्षिक कार्यक्रम बमोजिम कुकिङ्ग शिक्षाको पहिलो ब्याच अन्तर्गत ११ जना महिला सदस्यहरुको लागि तालिम रोयल दिदीबहिनी किचनको तालिम हलमा सञ्चालन गरेको हो । 

तालिम शुभारम्भ गर्दै संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग (मैना) ले तालिमले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै महिलाहरुलाई रोयल किचनमा नै रोजगारीको अवसर प्रदान गर्ने गरि व्यवस्थापन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । रोयल दिदीबहिनी किचन सहकारीका ९९ जना महिला सदस्यहरुद्धारा सञ्चालन गरिएको कम्पनी हो । 

सहकारीले महिलाहरुलाई व्यावसायिक बनाउने उद्धेश्य बमोजिम यस भन्दा अगाडि अचार बनाउने तालिम, मौरी पालन तालिम र तरकारी उत्पादन र बजारीकरण शीप सम्वन्धी तालिम प्रदान गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिृकृत भीम गुरुङ्गले बताउनुभयो । 

आगामी वर्ष साकोसले २५ जना महिलाहरुलाई व्यावसायिक तालिम दिने लक्ष्य राखेको छ । साकोसले सदस्यहरुद्धारा उत्पादित सामग्रीहरुको विक्री तथा प्रदर्शनीको लागि सहकारी कोसेली घर समेत सञ्चालन गरिरहेको छ । 

जेठ ०१ गतेबाट सञ्चालन भएको तालिममा सहभागीहरुले रेष्टुरेन्टको मेनुमा हुने धेरै प्रकारका खानेकुराहरु बनाउन सिक्नेछन् । 

तालिम शुभारम्भ कार्यक्रममा संस्थाका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्ग, सञ्चालक द्धय खिमकुमारी गुरुङ्ग र हिरालाल श्रेष्ठ, उपसमितिका सदस्यहरु साथै व्यवस्थापनको सहभागिता रहेको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप