रुपन्देही। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा रुपन्देहीस्थित सरोकार महिला बचत तथा ऋण सहकारी संस्था लि. आबद्ध भएको छ।
सहकारी क्षेत्रको दिगो विकास, संस्थागत सुशासन तथा सदस्यहरूको वित्तीय हित संरक्षण सुनिश्चित गर्न जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको आवश्यकता बढ्दै गएको सन्दर्भमा नेफ्स्कूनले सदस्य संस्थाहरूको वित्तीय तथा संस्थागत अवस्था सुदृढ बनाउन स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेफ्स्कूनको रुपन्देही सदस्य सेवा कार्यालयअन्तर्गत रहेको सरोकार महिला साकोस स्क्यान कार्यक्रममा आबद्ध भएसँगै संस्थाको जोखिम पहिचान, वित्तीय विश्लेषण, आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन तथा संस्थागत क्षमता विकासमा नियमित सहजीकरण गरिने भएको छ।
स्क्यान कार्यक्रमअन्तर्गत सहकारी संस्थाहरूको जोखिम विश्लेषणका लागि वित्तीय क्षेत्रमा प्रचलित आधुनिक विधि तथा औजारहरूको प्रयोग गरी संस्थाको समग्र अवस्थाको मूल्याङ्कन गरिन्छ। यस कार्यक्रमले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
सहकारी ऐन, २०७४ को सम्बन्धित कानुनी व्यवस्थालाई आधार मानी गरिएको सम्झौतामार्फत संस्थामा जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
सम्झौताअनुसार नियामक निकायबाट जारी निर्देशिका, मापदण्ड तथा अन्य नियामकीय व्यवस्थाको परिपालनाको अवस्था विश्लेषण गर्नुका साथै स्क्यानका सूचकहरूको आधारमा नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण प्रणालीको परीक्षण गरिनेछ।
त्यसैगरी, संस्थामा विद्यमान सम्भावित जोखिमहरूको पहिचान तथा व्यवस्थापन, नवीनतम प्रविधिको उपयोग, संस्थागत विकास एवं संरक्षणका लागि निरन्तर सहजीकरण गरिनेछ। कार्यक्रमले सहकारीको मूल मर्मअनुसार स्वनियमनको अभ्यासलाई थप सुदृढ बनाउने लक्ष्यसमेत राखेको छ।
स्क्यान कार्यक्रममार्फत संस्थाको वित्तीय सुशासन प्रवर्द्धन, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित निकायमा पेस गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेका ऋणको असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा संस्थागत क्षमता अभिवृद्धिमा जोड दिइनेछ।
नेफ्स्कूनले सदस्य संस्थाहरूको संस्थागत स्थायित्व, वित्तीय सबलता र दिगो सञ्चालनका लागि जोखिममा आधारित सुपरिवेक्षण तथा निरन्तर पृष्ठपोषणलाई प्राथमिकता दिँदै आएको छ।
१ घण्टा अगाडि
१५ घण्टा अगाडि
३ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१७ दिन अगाडि
१ घण्टा अगाडि
४२ दिन अगाडि
३१ दिन अगाडि
३४ दिन अगाडि
५६ दिन अगाडि
४१ दिन अगाडि
३४ दिन अगाडि
६२ दिन अगाडि