नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, २०८३ कार्तिक १२ गते। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम अभौतिक (भर्चुअल) माध्यमबाट सम्पन्न भएको छ। कार्यक्रममा ६८ वटा सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहकारी क्षेत्रमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर आक्रमण, ह्याकिङ तथा वित्तीय सूचनाको सुरक्षासम्बन्धी चुनौती बढ्दै गएको सन्दर्भमा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने र सुरक्षित डिजिटल व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको औचित्य तथा उद्देश्यबारे प्रकाश पार्दै प्राचार्य बल्लभ तिमल्सिनाले वर्तमान डिजिटल युगमा साइबर सुरक्षाको महत्त्व बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले सहकारी संस्थाहरूले सदस्यका व्यक्तिगत विवरण, वित्तीय सूचना तथा डिजिटल कारोबारको सुरक्षा सुनिश्चित गर्न साइबर सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो।

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ सूचना प्रविधि अधिकृत कृपेश लामिछानेले गर्नुभएको थियो। उहाँले विशेषगरी पछिल्लो समय बढ्दै गइरहेका साइबर आक्रमण तथा ह्याकिङबाट बच्ने उपाय, सम्भावित जोखिमको रोकथाम र साइबर सुरक्षाका लागि दैनिक व्यवहारमा गर्नुपर्ने परिवर्तनका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभयो।

अन्तरक्रियाका क्रममा शङ्कास्पद लिङ्क तथा इमेलबाट सुरक्षित रहने, बलियो पासवर्ड प्रयोग गर्ने, सूचना तथा तथ्याङ्कको गोपनीयता कायम राख्ने र डिजिटल प्रणालीलाई सुरक्षित रूपमा प्रयोग गर्नेजस्ता व्यावहारिक विषयमा जोड दिइएको थियो।

यसै क्रममा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले २०८३ कार्तिक ११ गते जारी गरेको वेबसाइटहरू सुरक्षित गर्न वैध SSL/TLS Certificate अनिवार्य रूपमा लागू गर्ने सम्बन्धी सूचनाको सन्दर्भमा समेत चर्चा गरिएको थियो। उक्त सूचनामा वेबसाइटमा वैध SSL/TLS प्रमाणपत्र प्रयोग गर्ने, HTTPS मार्फत सेवा सञ्चालन गर्ने तथा TLS 1.2 वा TLS 1.3 जस्ता निर्धारित सुरक्षा प्रोटोकल अवलम्बन गर्ने विषय उल्लेख गरिएको छ।

सहकारी संस्थाहरूले सदस्यका बचत तथा वित्तीय विवरणको गोपनीयता कायम राख्दै डिजिटल कारोबारलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन आवश्यक प्राविधिक सुरक्षा उपाय तथा जिम्मेवार डिजिटल व्यवहार अवलम्बन गर्नुपर्ने विषयमा कार्यक्रमले जोड दिएको छ।

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन नेफ्स्कूनका अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो।

सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा प्रवाह तथा सुरक्षित डिजिटल कारोबार प्रवर्द्धनमा नेफ्स्कूनले आयोजना गरेको यस कार्यक्रमले सहभागी संस्थाहरूमा साइबर सुरक्षासम्बन्धी ज्ञान, सचेतना र व्यावहारिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१४ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६२ दिन अगाडि

पाठकबाट थप