प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

बेलबारी, मोरङ । सहकारी ऐन, २०७४ को पहिलो संशोधन, २०८३ ले व्यवस्था गरेको दफा ५० को उपदफा (९) कार्यान्वयन गर्दै प्रस्तावित बचत सहकारी बैंक गठन प्रक्रियाका विषयमा मोरङको बेलबारीमा गहन छलफल तथा सुझाव संकलन कार्यक्रम भएको छ ।

असोज ०८ गते जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको सभाहलमा आयोजित कार्यक्रममा ३४ जना सहकारी अभियानकर्मी, व्यवस्थापक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का उपाध्यक्ष एवं प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका संयोजक शान्ति अधिकारीले गर्नुभएको थियो । उहाँले जिल्ला–जिल्लामा पुगेर सहकारी अभियानसँग जोडिएका संघ–संस्थाका सुझाव संकलन गरी दिगो, सुरक्षित र अभियानमैत्री बैंकको अवधारणा विकास गर्न कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य एवं प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका सदस्य खेमराज सुवेदीले बैंक स्थापनाको अवधारणासम्बन्धी मस्यौदाबारे जानकारी गराउनुभएको थियो ।

त्यसैगरी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं बैंक स्थापना कार्यदलका सदस्य उद्धव सापकोटाले सुरक्षित र दिगो बैंक स्थापनाका लागि कार्यदलले विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी आवश्यक तयारी अघि बढाइरहेको बताउनुभयो ।

कार्यक्रमको स्वागत जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले गर्नुभएको थियो भने सञ्चालन शालिकराम ढकालले गर्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने, व्यवसाय अधिकृत रिषभराज रेग्मी तथा व्यवसाय सहायक रामहरि भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सहकारी ऐन, २०७४ को पछिल्लो संशोधन, २०८३ को दफा ५० को उपदफा (९) अनुसार बचत तथा ऋणको कारोबार गर्दै आएका जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरका सहकारी संघहरूले आपसमा मिली एकपटकका लागि सहकारी बैंक स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था कार्यान्वयनमा आएको मितिले तीन वर्षभित्र ऐनको दफा १२, परिच्छेद–८ तथा २०८३ भदौ ५ गते सहकारी रजिस्ट्रारको कार्यालयबाट जारी निर्देशनबमोजिम बैंक गठन प्रक्रिया अघि बढाउन लागिएको नेफ्स्कूनले जनाएको छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप