झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

झापा । विर्तामोडमा प्रस्तावित बचत सहकारी बैंक स्थापना सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बचत संघ झापाको समन्वय तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा भएको कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका उपाध्यक्ष एवं प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका संयोजक शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी, सञ्चालक एवं कार्यदल सदस्य खेमराज सुवेदी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष एवं कार्यदल सदस्य उद्धव सापकोटा, झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइराला लगायत पदाधिकारीहरूको सहभागिता थियो ।

त्यस्तै, जिल्ला बचत संघ झापाका अध्यक्ष युवराज गिरी तथा पदाधिकारीहरू, झापा कृषि सहकारी संघका लेखा सुपरिवेक्षण समिति सदस्य कृष्णप्रसाद दंगाल तथा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालले गर्नुभएको थियो भने सहभागीहरूलाई जिल्ला बचत संघ झापाका अध्यक्ष युवराज गिरीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवं प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका सदस्य खेमराज सुवेदीले बचत सहकारी बैंक स्थापना गर्नुपर्ने आवश्यकता र औचित्यबारे प्रस्तुति दिनुभएको थियो । प्रस्तुति पश्चात सहभागीहरूले बैंक स्थापनाका सम्बन्धमा विभिन्न धारणा, सल्लाह तथा सुझाव प्रस्तुत गरेका थिए ।

त्यस्तै, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष एवं प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका सदस्य उद्धव सापकोटाले बैंक स्थापनाको आवश्यकता, औचित्य र महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरक्रियामा झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइराला, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी तथा उपाध्यक्ष एवं कार्यदल संयोजक शान्ति अधिकारीले प्रस्तावित बैंक स्थापनाका विभिन्न पक्षबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई, व्यवसाय अधिकृत पवन घिमिरे, वरिष्ठ सहायक सोमनाथ दहाल तथा जिल्ला बचत संघकी व्यवस्थापक कोपिला बजगाईंको समेत उपस्थिति रहेको थियो ।

भर्खरै
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप