कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

रामेछाप । स्थानीय तहमा कृषि व्यवसाय गर्दै आएका कृषकहरूको व्यवसायिक क्षमता तथा वित्तीय व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले रामेछापको गोकुलगंगा गाउँपालिकामा तीनदिने कृषक व्यवसाय खेल (Farmers Business Game) सम्पन्न भएको छ।

गोकुलगंगा गाउँपालिका–स्थित बेताली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा असोज ८ देखि १० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र DSIK जर्मनीको प्राविधिक सहयोगमा सचालन भएको थियो ।  

स्थानीय स्तरमा कृषि कार्य तथा कृषि व्यवसायमा संलग्न २५ जना कृषकको सहभागिता रहेको कार्यक्रमका सहभागीहरूलाई कृषिलाई केवल उत्पादनको रूपमा नभई योजनाबद्ध र दिगो व्यवसायका रूपमा सञ्चालन गर्न आवश्यक ज्ञान, सीप तथा निर्णय क्षमता विकास गर्ने उद्देश्यले अन्तरक्रियात्मक तथा अनुभवमा आधारित विधिबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अधिकृत तथा सहजकर्ता रविन्द्र श्रेष्ठ र राजेश खड्काले तालिको सहजीकरण गर्नुभएको थियो । खेलका क्रममा सहभागीहरूलाई समूहमा विभाजन गरी काल्पनिक कृषि व्यवसायको व्यवस्थापनको जिम्मेवारी दिइएको थियो। सहभागीहरूले बाली छनोट, उत्पादन योजना, लागत तथा लगानी व्यवस्थापन, बिक्री तथा ग्राहक सम्बन्ध, आम्दानी–खर्चको विश्लेषणलगायत विभिन्न व्यवसायिक निर्णयहरू गर्दै त्यसको परिणामसम्बन्धी अनुभव हासिल गरेका थिए ।

Farmers Business Game ले सहभागीलाई कृषि तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित विषयलाई व्यवहारिक रूपमा बुझाउन अर्थात् समीक्षा गर्ने, सिकाइ लागू गर्ने र वास्तविक व्यवसायमा कार्यान्वयन गर्ने चार चरणको अनुभवमा आधारित सिकाइ पद्धति प्रयोग गर्दछ।

कार्यक्रममा कृषकहरूले नगद प्रवाह (Cash Flow), नाफा–नोक्सान विवरण, ब्यालेन्स शीट, लागत तथा लगानी योजना, दीर्घकालीन व्यवसाय योजना लगायतका वित्तीय व्यवस्थापनका आधारभूत पक्षहरूलाई खेल तथा अभ्यासमार्फत बुझ्ने अवसर प्राप्त गरेका थिए। साथै, मौसम तथा उत्पादनमा आउने अनिश्चितता, बजार जोखिम, आकस्मिक घटना तथा मौसमी प्रभावबाट व्यवसायलाई सुरक्षित राख्न अपनाउन सकिने उपायबारे समेत छलफल गरिएको थियो।

त्यसैगरी, कृषक व्यवसायमा बचत, ऋण तथा बीमाजस्ता वित्तीय साधनको भूमिका, बजार तथा ग्राहकको आवश्यकता, छिमेकी कृषक तथा वित्तीय संस्थासँगको सम्बन्ध र व्यवसायमा संलग्न अन्य सरोकारवालाको भूमिकाबारे समेत सहभागीहरूले व्यवहारिक सिकाइ हासिल गरेका थिए।

कार्यक्रमले कृषकहरूमा कृषि व्यवसायको योजना निर्माण, वित्तीय अनुशासन, जोखिम पहिचान तथा व्यवस्थापन, उत्पादन र बजारबीचको सम्बन्ध तथा व्यवसायिक निर्णय गर्ने क्षमता विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

समापनका क्रममा सहभागीहरूले खेलमा आधारित प्रशिक्षण पद्धतिले परम्परागत रूपमा कृषि गर्दै आएका कृषकलाई आफ्नो व्यवसायलाई लागत, आम्दानी, नाफा, जोखिम र बजारको दृष्टिकोणबाट विश्लेषण गर्न सहयोग पुगेको धारणा व्यक्त गरेका थिए।

कृषि क्षेत्रलाई उत्पादनमुखी मात्र नभई व्यवसायिक, योजनाबद्ध र दिगो उद्यमका रूपमा विकास गर्न कृषकको वित्तीय साक्षरता तथा व्यवसाय व्यवस्थापन क्षमता महत्वपूर्ण हुने भएकाले यस्ता व्यवहारिक तथा अनुभवमा आधारित कार्यक्रमले स्थानीय कृषकको उद्यमशीलता विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप