राजविराज सप्तरी
एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.राजविराज सप्तरीको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन(स्क्यान) कार्यक्रम अन्तर्गत मसिर १० गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
सहकारी क्षेत्रको पारदर्शित उत्तरदायित्व तथा सदस्यहि सुनिश्चित गर्ने उदेश्यले नेफ्स्कूनले सहकारी संस्थाहरुमा नियमित रुपमा स्थलगत सुपरिवेक्षण कार्यक्रम सञ्चालन गदै आएको हो । स्क्यान कार्यक्रम अन्तरगत प्रोवेसन मार्गनिर्देशिकाको सुचकहरुमा केन्द्रीयत रही स्थलगत सुपरिवेक्षण गरिएको हो ।
सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरुको मुल्याङ्कन गरिएको थियो । नितिगत व्यवस्था आध्यावधिक तथा परिपालना सम्पत्ति दायित्व व्यवस्थापन,पूँजी पर्याप्तता नविनतम प्रविधिको अवलम्वन प्रतिस्पर्धी अवस्थाबारे सुक्षम अध्ययन गरिएको थियो । त्यस्तौ संस्थामा विधमान कानुनी, वित्तिय, ऋण, तरलता,सञ्चालन तथा सुशासन,प्रविधि अवलम्बन सम्बन्धी जोखिमहरुमा समीक्षा गदै जोखीम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझाब प्रदान गरिएको थियो ।
नेफ्स्कूनका अधिकृत राजेन्द्र ढकालद्धारा गरिएको सुपरिवेक्षणमा संस्थाका संचालक समित लेखा सुपरिवेक्षण समित र व्यवस्थापक अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । सुपरिवेक्षण क्रममा संस्थाको समग्र वित्तीय अवस्था आन्तरिक सुशासन तथा सदस्यलाई प्रदान गरिएको सेवा सुविधाका विषयमा छलफल गदै आवश्यक सुधारका लागि सुझाबसमेत प्रदान गरिएको थियो ।
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
२८ दिन अगाडि
२९ दिन अगाडि
२८ दिन अगाडि
९२ दिन अगाडि
६२ दिन अगाडि
२५ दिन अगाडि