नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३५औँ वार्षिक साधारणसभा आगामी २०८३ पुस ३ गते शुक्रबार भक्तपुरमा हुने भएको छ। संघको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकको निर्णयअनुसार जर्मन होम्स, भक्तपुरमा दिउँसो १२:३० बजेदेखि साधारणसभा आयोजना गरिने भएको हो।

नेफ्स्कूनले मंसिर ३ गते सार्वजनिक गरेको सूचनामार्फत सदस्य संघ–संस्थाहरूलाई साधारणसभामा सहभागिताका लागि आधिकारिक प्रतिनिधि मनोनयन गर्न अनुरोध गरेको छ। सदस्य संघ–संस्थाहरूले आवश्यक प्रक्रिया पूरा गरी निर्णयको प्रतिलिपिसहित २०८३ मंसिर मसान्तभित्र प्रतिनिधि मनोनयन गरी पठाउनुपर्नेछ। मनोनयन भएका प्रतिनिधिहरूलाई सम्बन्धित संस्थाको आधिकारिक पत्रसहित साधारणसभामा उपस्थित हुन आग्रह गरिएको छ।

सदस्यता नवीकरण र आवश्यक प्रतिवेदन पेस गर्न अनुरोध

साधारणसभामा सहभागिताका लागि सदस्य संघ–संस्थाहरूले आर्थिक वर्ष २०८२/८३ को सदस्यता नवीकरण तथा २०८३ मंसिर महिनासम्मको नियमित बचत जम्मा गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ सम्मको लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रगति प्रतिवेदन २०८३ मंसिर २५ गतेभित्र संघको सदस्य सूचना प्रणाली (MIS) मार्फत पेस गर्न अनुरोध गरिएको छ।

साधारणसभासम्बन्धी औपचारिक पत्र संघमा आबद्ध सबै सदस्य संघ–संस्थालाई मंसिर ३ गते नै पठाइएको नेफ्स्कूनले जनाएको छ। कारणवश पत्र प्राप्त नभएमा प्रकाशित सूचनालाई नै आधार मानी साधारणसभामा सहभागी हुन सकिने जनाइएको छ।

साधारणसभा : ३५औँ वार्षिक साधारणसभा

मिति : २०८३ पुस ३ गते, शुक्रबार

समय : दिउँसो १२:३० बजेदेखि

स्थान : जर्मन होम्स, भक्तपुर

आधिकारिक प्रतिनिधि मनोनयन : मंसिर मसान्तभित्र

MIS मा प्रतिवेदन पेस गर्ने अन्तिम मिति : मंसिर २५ गते

सदस्य सूचना प्रणाली : https://mis.nefscun.org.np

वार्षिक प्रतिवेदन, नीति तथा बजेटमाथि छलफल हुने

३५औँ वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि छलफल तथा निर्णय गरिने कार्यसूची रहेको छ।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा समितिसम्बन्धी विषयमा छलफल गर्ने र संघका आन्तरिक कार्यविधिहरू पारित गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछन्।

आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, गैरबैंकिङ सम्पत्ति बिक्री वितरणका लागि अख्तियारी प्रदान गर्ने र नियमनकारी निकायबाट प्राप्त निर्देशनसम्बन्धी विषय पनि साधारणसभाको कार्यसूचीमा समावेश छन्।

प्रस्तावित सहकारी बैंकसम्बन्धी विषय पनि कार्यसूचीमा

साधारणसभामा प्रस्तावित सहकारी बैंकसम्बन्धी विषयमा समेत छलफल हुने भएको छ। यसका साथै सदस्य संघ–संस्थाबाट पेस भएका प्रस्ताव तथा संकल्प प्रस्तावहरू पनि कार्यसूचीमा समावेश गरिएका छन्।

साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गर्नेसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ। वार्षिक साधारणसभाले संघको गत आर्थिक वर्षको प्रगति तथा वित्तीय अवस्थाको समीक्षा गर्दै आगामी वर्षका नीति, कार्यक्रम र संस्थागत कार्यदिशाका विषयमा निर्णय गर्नेछ।

नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीद्वारा जारी सूचनामा सम्पूर्ण सदस्य संघ–संस्थाहरूलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गरी साधारणसभामा सहभागिता जनाउन अनुरोध गरिएको छ।

भर्खरै
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

१२ घण्टा अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

१४ घण्टा अगाडि

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण
नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

२ दिन अगाडि

नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन
नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन

४ दिन अगाडि

नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान
नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान

६ दिन अगाडि

नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा
नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा

६ दिन अगाडि

सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

१४ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१६ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप