नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले विभिन्न कार्यालयमा रहेका पुराना फर्निचर तथा कार्यालय सामग्रीहरू लिलाम बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

नेफ्स्कूनले २०८३ मंसिर ४ गते पुनः प्रकाशित सूचनामार्फत दाङ, चाबहिल र बिर्तामोडस्थित कार्यालयमा रहेका पुराना फर्निचर तथा कार्यालय सामग्रीहरू जेजस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गरिने जनाएको हो। इच्छुक व्यक्ति वा फर्महरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र शिलबन्दी दररेटसहितको प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।

मंसिर ८ गते बोलपत्र खोलिने

सूचनाअनुसार लिलामसम्बन्धी बोलपत्र २०८३ मंसिर ८ गते दिउँसो २ बजे सम्बन्धित सदस्य सेवा कार्यालयमा खोलिनेछ। बोलपत्रमा सहभागी हुन इच्छुक व्यक्ति वा फर्मले बोलपत्र फारमबापत फिर्ता नहुने गरी पाँच सय रुपैयाँ तिर्नुपर्नेछ।

बोलपत्र बुझाउँदा कबोल मूल्यको १० प्रतिशत रकम संघको लेखा शाखा वा तोकिएको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै बोलपत्रदाताको दर्ता कागजात वा परिचय खुल्ने नागरिकताको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

सामग्री निरीक्षण गर्न सकिने

लिलाममा राखिएका सामग्रीको स्थलगत निरीक्षण गर्न इच्छुक व्यक्ति वा फर्मले कार्यालय खुलेको दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित कार्यालयको स्टोर शाखा वा सदस्य सेवा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

सबैभन्दा बढी मूल्य कबोल गर्ने व्यक्ति वा फर्मले लिलाम स्वीकृत भएको जानकारी प्राप्त गरेको मितिले सात दिनभित्र बाँकी ९० प्रतिशत रकम दाखिला गरी सामग्री लैजानुपर्नेछ।

बोलपत्र बुझाउने वा खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सम्बन्धित कार्यहरू कार्यालय खुलेको दिन सोही समयमा गरिने सूचनामा उल्लेख छ।

लिलाम बिक्रीमा रहेका सामग्रीहरूको पूर्ण विवरण नेफ्स्कूनको आधिकारिक वेबसाइटको डाउनलोड खण्डमा उपलब्ध गराइएको छ। इच्छुक व्यक्ति तथा फर्महरूले विस्तृत विवरण अध्ययन गरी निर्धारित प्रक्रिया पूरा गर्न सक्नेछन्।

थप विवरण : https://www.nefscun.org.np/downloads/

भर्खरै
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

१ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

२ दिन अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

२ दिन अगाडि

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण
नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

३ दिन अगाडि

नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन
नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन

५ दिन अगाडि

नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान
नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान

७ दिन अगाडि

नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा
नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा

७ दिन अगाडि

सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

१५ दिन अगाडि

लोकप्रिय
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

१९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 

८१ दिन अगाडि

पाठकबाट थप