दोलखा । नेपालको बचत तथा ऋण सहकारी अभियानको अध्ययन अवलोकनका लागि नेपाल भ्रमणमा रहेको बंगलादेशको द को-अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड (CCULB) को २० सदस्यीय प्रतिनिधिमण्डलले दोलखाका जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. र जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.को स्थलगत भ्रमण गरेको छ।
CCULB को ३०औँ अध्ययन अवलोकन भ्रमण (Exposure Visit) अन्तर्गत नेपाल आएको टोलीले दोलखाका दुई साकोसको अवलोकन गरेको हो। नेपालका सहकारी संस्थाहरूको सञ्चालन तथा व्यवस्थापन प्रणाली, सदस्यकेन्द्रित वित्तीय सेवा र संस्थागत अभ्यासबारे जानकारी हासिल गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको छ।
प्रतिनिधिमण्डलले दोलखाको बैतेश्वर गाउँपालिका–५, मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको भ्रमण गरेको हो। वि.सं. २०५० सालमा स्थापना भएको जनसचेतन साकोस दोलखाको सहकारी अभियानमा लामो अनुभव बोकेको सदस्यकेन्द्रित वित्तीय संस्था हो।
जनसचेतन साकोसले बचत तथा ऋण सेवा, सदस्य सुरक्षा, वित्तीय शिक्षा तथा तालिम, डिजिटल सेवा र विभिन्न सदस्य हितसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले अन्तर्राष्ट्रिय स्तरको ACCESS गुणस्तर प्रमाणीकरणसमेत प्राप्त गरेको छ।
संस्थाको सेवा प्रणाली, सदस्य लक्षित कार्यक्रम तथा व्यवस्थापकीय अभ्यासजस्ता विषयहरू अन्तर्राष्ट्रिय अध्ययन अवलोकनका लागि उपयोगी सन्दर्भका रूपमा रहेका छन्।
बंगलादेशी प्रतिनिधिमण्डलले दोलखाकै जनमुखी बचत तथा ऋण सहकारी संस्थाको पनि भ्रमण गरेको छ। यस भ्रमणले टोलीलाई जिल्लाका फरक–फरक सहकारी संस्थाका अभ्यास नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ।
अध्ययन अवलोकन भ्रमणको उद्देश्यअनुसार नेपालका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सञ्चालन, स्थानीय समुदायसँगको सम्बन्ध तथा सदस्य सेवा प्रवाहका अभ्यासबारे जानकारी आदानप्रदान गर्ने अवसर रहेको छ।
भ्रमण टोलीमा बंगलादेशको सहकारी मन्त्रालयका उच्च अधिकारी, सहकारी विभागका रजिष्ट्रार, CCULB का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
नेफ्स्कून र CCULB बीचको पारस्परिक अध्ययन अवलोकन कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष नेपालबाट सहकारी प्रतिनिधिहरू बंगलादेश जाने तथा बंगलादेशबाट प्रतिनिधिमण्डल नेपाल आउने अभ्यास रहेको छ। यसले दुई देशका सहकारी अभियानबीच अनुभव, ज्ञान तथा संस्थागत अभ्यास आदानप्रदान गर्ने अवसर प्रदान गर्दै आएको छ।
एक साताको नेपाल भ्रमणका क्रममा टोलीले नौवटा साकोस, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा सहकारी रजिष्ट्रारको कार्यालयमा अध्ययन अवलोकन र अन्तरक्रिया गर्ने कार्यतालिका रहेको छ। भ्रमण मंसिर २ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन यसै अध्ययन भ्रमणको एक हिस्सा हो। यस्ता कार्यक्रमले नेपाल र बंगलादेशका सहकारी संस्थाहरूबीच आपसी सिकाइ, संस्थागत अनुभव आदानप्रदान तथा सहकारी सञ्जालगत सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
३ दिन अगाडि
३ दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१४ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
१७ दिन अगाडि
१६ दिन अगाडि
१४ दिन अगाडि
७३ दिन अगाडि
६२ दिन अगाडि
५७ दिन अगाडि