काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले ३५औँ वार्षिक साधारण सभा तथा साकोस समिट २०८३ का लागि क्याटरिङ सेवा उपलब्ध गराउन इच्छुक सेवा प्रदायक फर्म तथा कम्पनीहरूबाट शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ ।
संघको ३५औँ वार्षिक साधारण सभा तथा साकोस समिट आगामी पुस २ र ३ गते भक्तपुरमा सम्पन्न हुँदैछ । उक्त कार्यक्रममा सहभागी हुने प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्थापन गर्न संघले निर्धारित मेनु बमोजिम मूल्य अभिवृद्धि करसहितको शिलबन्दी दरभाउपत्र माग गरेको हो ।
इच्छुक सेवा प्रदायकहरूले कम्पनी वा फर्मको दर्ता प्रमाणपत्र वा इजाजतपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र वा म्याद थपसम्बन्धी कागजात संलग्न गरी संघको केन्द्रीय कार्यालय तथा सेवा कार्यालयहरूमा दरभाउपत्र दर्ता गराउन सक्नेछन् ।
संघले स्थानीय सेवा प्रदायकलाई विशेष प्राथमिकता दिइने समेत जनाएको छ । विस्तृत मेनु, दरभाउपत्र पेस गर्ने प्रक्रिया तथा अन्य सर्तहरू प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
५२ मिनेट अगाडि
३ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५२ मिनेट अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
३ घण्टा अगाडि
२८ दिन अगाडि
२९ दिन अगाडि
२८ दिन अगाडि
९२ दिन अगाडि