सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

दोलखा । दोलखाका तीन बचत तथा ऋण सहकारी संस्थाका उद्यमी शेयर सदस्यहरूलाई व्यवसाय विकास सेवा (BDS) कार्यक्रमसम्बन्धी अभिमुखीकरण तथा उद्यम–उद्यमी म्याट्रिक्ससम्बन्धी अनुशिक्षण प्रदान गरिएको छ ।

बैतेश्वर गाउँपालिका–५, मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. र जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. तथा जिरीस्थित एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लि. का उद्यमी सदस्यहरूलाई लक्षित गरी भदौ ८, ९ र १० गते क्रमशः कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा उद्यमी सदस्यहरूलाई आफ्नो व्यवसायको वर्तमान अवस्था पहिचान, व्यवसायमा रहेका अवसर तथा चुनौतीको विश्लेषण, सुधार गर्नुपर्ने क्षेत्र र व्यवसायलाई थप व्यवस्थित तथा दिगो बनाउने उपायबारे जानकारी गराइएको थियो । साथै, उद्यम–उद्यमी म्याट्रिक्स प्रयोग गरी उद्यम र उद्यमीको अवस्था मूल्याङ्कन गर्ने व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

कार्यक्रममा साकोस प्रतिनिधिहरूले व्यवसाय विकास सेवा कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तरता दिन सकेमा सदस्यहरूको आर्थिक अवस्था सुधार, व्यवसाय विस्तार, सदस्य सेवा प्रभावकारीकरण तथा स्थानीयस्तरमा स्वरोजगार सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

अभिमुखीकरणका क्रममा समितिका सदस्य तथा उद्यमी सहभागीहरूले व्यवसायविकास सेवा कार्यक्रमको उद्देश्य, कार्यप्रक्रिया तथा उद्यम–उद्यमी म्याट्रिक्सका विषयमा विभिन्न जिज्ञासा राखेका थिए। सहभागीका जिज्ञासालाई सम्बोधन गर्दै व्यवसायलाई प्रतिस्पर्धी, व्यवस्थित, लाभदायक र दिगो बनाउन आवश्यक व्यावहारिक पक्षबारे सहजीकरण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नुभएको थियो । सहकारीमार्फत सदस्यलाई वित्तीय सेवासँगै व्यवसाय विकास तथा उद्यमशीलता प्रवद्र्धनका अवसर उपलब्ध गराउँदा सदस्यको आयआर्जन र आर्थिक सशक्तीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

भर्खरै
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

३ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ घण्टा अगाडि

नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेफस्कून रुपन्देहीद्वारा समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

पाठकबाट थप