सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

दोलखा । दोलखाका तीन बचत तथा ऋण सहकारी संस्थाका उद्यमी शेयर सदस्यहरूलाई व्यवसाय विकास सेवा (BDS) कार्यक्रमसम्बन्धी अभिमुखीकरण तथा उद्यम–उद्यमी म्याट्रिक्ससम्बन्धी अनुशिक्षण प्रदान गरिएको छ ।

बैतेश्वर गाउँपालिका–५, मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. र जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. तथा जिरीस्थित एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लि. का उद्यमी सदस्यहरूलाई लक्षित गरी भदौ ८, ९ र १० गते क्रमशः कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा उद्यमी सदस्यहरूलाई आफ्नो व्यवसायको वर्तमान अवस्था पहिचान, व्यवसायमा रहेका अवसर तथा चुनौतीको विश्लेषण, सुधार गर्नुपर्ने क्षेत्र र व्यवसायलाई थप व्यवस्थित तथा दिगो बनाउने उपायबारे जानकारी गराइएको थियो । साथै, उद्यम–उद्यमी म्याट्रिक्स प्रयोग गरी उद्यम र उद्यमीको अवस्था मूल्याङ्कन गर्ने व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

कार्यक्रममा साकोस प्रतिनिधिहरूले व्यवसाय विकास सेवा कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तरता दिन सकेमा सदस्यहरूको आर्थिक अवस्था सुधार, व्यवसाय विस्तार, सदस्य सेवा प्रभावकारीकरण तथा स्थानीयस्तरमा स्वरोजगार सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

अभिमुखीकरणका क्रममा समितिका सदस्य तथा उद्यमी सहभागीहरूले व्यवसायविकास सेवा कार्यक्रमको उद्देश्य, कार्यप्रक्रिया तथा उद्यम–उद्यमी म्याट्रिक्सका विषयमा विभिन्न जिज्ञासा राखेका थिए। सहभागीका जिज्ञासालाई सम्बोधन गर्दै व्यवसायलाई प्रतिस्पर्धी, व्यवस्थित, लाभदायक र दिगो बनाउन आवश्यक व्यावहारिक पक्षबारे सहजीकरण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नुभएको थियो । सहकारीमार्फत सदस्यलाई वित्तीय सेवासँगै व्यवसाय विकास तथा उद्यमशीलता प्रवद्र्धनका अवसर उपलब्ध गराउँदा सदस्यको आयआर्जन र आर्थिक सशक्तीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

२ दिन अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

लोकप्रिय
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप