निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

धादिङबेशी, धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भदौ १४ गते स्थलगत सुपरिवेक्षण भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएकोमा सोही कार्यक्रम अन्तर्गतको प्रोवेसनका सूचकहरूमा केन्द्रित रही स्थलगत सुपरिवेक्षण गरिएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो । आन्तरिक कार्यविधि अद्यावधिक अवस्था, सदस्यमैत्री उत्पादन तथा सेवाहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायका मापदण्ड तथा निर्देशनहरूको परिपालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय स्रोतको प्राप्ति तथा परिचालन लगायतका विषयहरू समेटिएका थिए ।

त्यसैगरी संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन, साथै प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालद्वारा सम्पन्न उक्त सुपरिवेक्षणमा संस्थाका समिति तथा व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको छ । छलफलका क्रममा प्राप्त सुझावहरू यथासम्भव कार्यान्वयन गर्ने प्रतिबद्धता संस्थाका कार्यबाहक अध्यक्ष गिता तिमल्सेनाले व्यक्त गर्नुभएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप