गैँडाकोट, ११ कात्तिक। नवलपुरको गैँडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्था लि. मा जर्मन संस्था German Sparkassenstiftung for International Cooperation (DSIK) को सहकार्यमा दिगो वित्त मार्गदर्शन (Sustainable Finance Compass–SFC) सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यशालामा DSIK जर्मनीका प्रशिक्षकद्वय थोमस कोनिट्जर (Thomas Konitzer) र यान बायर (Jan Bayer), DSIK का नेपाल प्रतिनिधि सञ्जय झा तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालको सहभागिता रहेको थियो।
कार्यक्रममा विकू साकोसका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलसहित उच्च व्यवस्थापन तहका पदाधिकारी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यशालामा सहकारी संस्थाको दीर्घकालीन स्थायित्व र दिगो विकासका लागि वित्तीय व्यवस्थापनसँगै वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्षहरूलाई संस्थागत रणनीति र व्यावसायिक सञ्चालनमा समावेश गर्ने विषयमा छलफल तथा मूल्याङ्कन गरिएको थियो।
विशेषगरी दिगो वित्तको अवधारणा, वातावरणीय, सामाजिक तथा सुशासन मूल्याङ्कनका औजारहरू (ESG Evaluation Tools), संस्थाको नयाँ रणनीति, व्यावसायिक सञ्चालन, प्रभावकारी सूचना प्रणाली तथा वित्तीय जोखिम व्यवस्थापनका विषयमा कार्यशाला केन्द्रित रहेको थियो।
दिगो वित्त मार्गदर्शन (Sustainable Finance Compass–SFC) औजारको प्रयोगमार्फत संस्थाको विद्यमान अभ्यास र रणनीतिक प्राथमिकताहरूको समीक्षा गर्दै वित्तीय निर्णय प्रक्रियामा वातावरणीय तथा सामाजिक पक्षहरूको समावेशिता, सुशासनको प्रभावकारिता र सम्भावित जोखिम व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
कार्यशालामा सहकारी संस्थाको वित्तीय सबलतासँगै सामाजिक उत्तरदायित्व, वातावरणीय संवेदनशीलता तथा संस्थागत सुशासनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने विषयलाई महत्व दिइएको थियो। यस प्रकारको मूल्याङ्कनले संस्थाको वर्तमान अभ्यास पहिचान गर्नुका साथै दिगो वित्तसम्बन्धी रणनीति तथा सञ्चालन प्रक्रियामा सुधारका क्षेत्र निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विकू साकोसले यसअघि पनि वातावरणमैत्री वित्तीय सेवाअन्तर्गत हरित बचत तथा हरित ऋणजस्ता वित्तीय उत्पादनहरू सञ्चालन गर्दै आएको छ। दिगो वित्त मार्गदर्शन कार्यशालाले यस्ता अभ्यासलाई संस्थागत रणनीति, जोखिम व्यवस्थापन तथा सुशासनसँग थप व्यवस्थित रूपमा जोड्ने विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ।
DSIK को सहकार्य तथा नेफ्स्कूनको सहभागितामा सम्पन्न कार्यशालाले सहकारी संस्थामा दिगो वित्तका अवधारणा, ESG मूल्याङ्कन तथा प्रभावकारी वित्तीय व्यवस्थापनका अभ्यासलाई अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
१४ घण्टा अगाडि
१४ घण्टा अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
१४ दिन अगाडि
१६ दिन अगाडि
१६ दिन अगाडि
१७ दिन अगाडि
१४ घण्टा अगाडि
१४ घण्टा अगाडि
४२ दिन अगाडि
३१ दिन अगाडि
३४ दिन अगाडि
६१ दिन अगाडि
५६ दिन अगाडि
३४ दिन अगाडि