कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 

नवलपरासी । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरण तथा जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung)को सहयोगमा भाद्र १३ गतेदेखि १५ गतेसम्म देवचुली–१३, दलदलेमा सञ्चालन भएको कृषक व्यवसाय खेल तालिम (Farmer Business Game Training)  सम्पन्न भएको छ । 

समूहगत अभ्यास तथा व्यावहारिक सिकाइले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो । तालिम मार्फत कृषकहरूलाई व्यवसायिक सोच,  वित्तीय व्यवस्थापन, जोखिम पहिचान, निर्णय क्षमता तथा कृषि व्यवसायलाई दिगो र लाभदायक बनाउने व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । 

तालिमको उद्घघाटन तालिमका ज्येष्ठ शेयर सदस्य बलराम पोख्रेलबाट भएको थियो । संस्थाका उपाध्यक्ष प्रेमा कुमारी खनालको अध्यक्षतामा सञ्चालित उद्घाटन कार्यक्रममा सञ्चालक समिति सदस्य लिलाधर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका अधिकृत राजु श्रेष्ठले गर्नुभएको थियो । 

तालिममा नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला पौडेल तथा कार्यक्रम अधिकृत रिता सुवेदीले प्रशिक्षण गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै कृषि व्यवसायलाई अझ व्यवस्थित, व्यवसायमुखी र दिगो बनाउने विषयमा ज्ञान तथा सीप हासिल गरेको साथै तालिमबाट सिकेका ज्ञान, सीप र अभ्यासलाई आफ्नै कृषि व्यवसायमा प्रयोग गर्ने, आय–व्यय तथा हिसाब–किताबलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने तथा कृषि व्यवसायलाई योजनाबद्ध ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समापन कार्यक्रम संस्थाका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षतामा  सम्पन्न भएको थियो भने कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले गर्नु भएको थियो । तालिम अवधिभर समूहगत रूपमा गरिएको अभ्यास तथा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल पशुपति समूहलाई पुरस्कार प्रदान गरिएको थियो । 

भर्खरै
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप