झापा, २०८३ कात्तिक १५ गते। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाको आयोजनामा दुईदिने Financial Compass कार्यशाला सम्पन्न भएको छ। संस्थाको वित्तीय अवस्था विश्लेषण, वित्तीय व्यवस्थापन तथा संस्थागत स्थायित्व अभिवृद्धि गर्ने उद्देश्यसहित कात्तिक १४ र १५ गते कार्यशाला आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष श्री छविलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यशालामा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन र विभिन्न विभागका कर्मचारी गरी २३ जनाको सहभागिता रहेको थियो।
कार्यशालाको सहजीकरण DSIK जर्मनीका प्राविधिक Mr. Thomas ले गर्नुभएको थियो। कार्यक्रममा DSIK नेपालका प्रतिनिधि सञ्जय झा तथा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेको समेत सहभागिता रहेको थियो।
कार्यशालामा Financial Compass को अवधारणा, यसको प्रयोग तथा सहकारी संस्थाको वित्तीय अवस्थाको मूल्याङ्कनसम्बन्धी विषयमा छलफल गरिएको थियो। साथै, संस्थाको वित्तीय सूचकहरूको विश्लेषण, वित्तीय व्यवस्थापनमा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने क्षेत्रहरूको पहिचानमा जोड दिइएको थियो।
कार्यशालाले संस्थाको वित्तीय अवस्था थप स्पष्ट रूपमा पहिचान गर्न, व्यवस्थापकीय निर्णय प्रक्रियालाई तथ्यमा आधारित बनाउन तथा संस्थागत योजना निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
१ घण्टा अगाडि
४ घण्टा अगाडि
१८ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
१ घण्टा अगाडि
४५ दिन अगाडि
५९ दिन अगाडि
३७ दिन अगाडि