शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

सुगमटोल, धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत शिवज्योति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भदौ ११ गते स्थलगत सुपरिवेक्षण भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत प्रोवेसनका सूचकहरूमा केन्द्रित रही स्थलगत सुपरिवेक्षण गरिएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो । आन्तरिक कार्यविधि अद्यावधिक अवस्था, सदस्यमैत्री उत्पादन तथा सेवाहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायका मापदण्ड तथा निर्देशनहरूको परिपालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय स्रोतको प्राप्ति तथा परिचालन लगायतका विषयहरू समेटिएका थिए ।

त्यसैगरी संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन, साथै प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालद्वारा सम्पन्न सुपरिवेक्षणमा संस्थाका समिति तथा व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको छ । छलफलका क्रममा प्राप्त सुझावहरू यथासम्भव कार्यान्वयन गर्ने प्रतिबद्धता संस्थाका अध्यक्ष चमेली बगाले काप्रीले व्यक्त गर्नुभएको छ ।


 

भर्खरै
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

११ घण्टा अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

१२ घण्टा अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

१४ घण्टा अगाडि

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण
नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

२ दिन अगाडि

नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन
नेपालका सहकारी अभ्यास बुझ्दै बंगलादेशी टोली, दोलखाका जनसचेतन र जनमुखी साकोसको अवलोकन

४ दिन अगाडि

नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान
नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको गुणस्तर सुनिश्चितता परीक्षणका लागि आशयपत्र आह्वान

६ दिन अगाडि

नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा
नेपालका सहकारी अभ्यास अध्ययन गर्न बंगलादेशबाट २० सदस्यीय उच्चस्तरीय टोली नेपालमा

६ दिन अगाडि

सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

१४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप