निष्ठा साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निष्ठा साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न

सियारी । निष्ठा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाको आयोजनामा सियारी स्थित सिद्धकालिका मन्दिरको सभाहल तथा सिद्ध आधारभूत विद्यालयको प्राङ्गणमा सदस्यहरूको सहभागितामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्षबाट आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, सचिवबाट संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षबाट वार्षिक लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८३/०८४ को अनुमानित वार्षिक बजेट प्रस्तुत गरिएको थियो । त्यस्तै, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमितिको प्रतिवेदन लगायत विभिन्न प्रतिवेदनमाथि छलफल गरिएको थियो ।

सभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, कार्यविधि परिमार्जन तथा संशोधन लगायतका विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरेको जनाएको छ । साथै, साधारण सभाबाट भएका निर्णयहरू प्रमाणित गर्न प्रतिनिधि मनोनयन तथा विविध विषयसमेत छलफलको कार्यसूचीमा रहेका थिए ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति तथा आर्थिक गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सदस्यको बचतको सुरक्षा, प्रभावकारी ऋण परिचालन, नियमित ऋण असुली, वित्तीय अनुशासन तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

साधारण सभाले संस्थाको विगतको प्रगति, वित्तीय अवस्था तथा सेवा प्रवाहको समीक्षा गर्दै सहकारीलाई थप सदस्यकेन्द्रित, पारदर्शी र उत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
सभामा ‘सबैको नजरमा राम्रो बन्नुभन्दा सदस्यको विश्वास जित्नु महत्वपूर्ण’ भावलाई विशेष प्राथमिकता दिइएको थियो । सहकारी संस्थाको यात्रामा सकारात्मक तथा नकारात्मक दुवै प्रकारका दृष्टिकोण आउन सक्ने भएकाले बाह्य टिप्पणीभन्दा संस्थाको उद्देश्य, मूल्यमान्यता र सदस्यप्रतिको इमानदारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

सहकारी संस्था केवल बचत तथा ऋणको कारोबार गर्ने निकाय मात्र नभई सदस्यहरूको विश्वासमा उभिएको संस्था भएकाले सदस्यको विश्वासलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता सभामा औँल्याइएको थियो । सदस्यको हित, पारदर्शिता, सुशासन तथा वित्तीय अनुशासनलाई संस्थाको प्राथमिक आधार बनाएर अघि बढ्नुपर्नेमा समेत जोड दिइएको थियो ।

सभाले आगामी दिनमा संस्थागत क्षमता अभिवृद्धि, सदस्य सेवा विस्तार तथा वित्तीय सुदृढीकरणका लागि आवश्यक रणनीति अवलम्बन गर्दै सहकारीलाई थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

पाठकबाट थप