कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

बर्दिवास । बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि= बर्दिवास, महोत्तरी को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि= -नेफ्स्कून_ को प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation को सहयोगमा तीन दिने कृषक व्यवसाय खेल तालिम भाद्र ९ गते सम्पन्न भएको छ ।

भाद्र ७ देखि ९ गतेसम्म सञ्चालन भएको तालिम Learning By Doing खेल विधिमा आधारित कृषक व्यवसाय खेल तालिम सहकारीका कृषि पेशामा संलग्न सदस्यहरुलाई निर्वाहमुखिबाट व्यवसायिक कृषिमा रुपान्तरण गर्ने Tools को रुपमा रहेको थियो । सिमुलेसन विधिको प्रयोग गरि खेलिने यस खेलबाट सदस्यहरुले कृषि पेशा व्यवसायबाट वास्तविक जीवनमा कृषिको व्यवसायिक वृद्धि विकासका लागि कसरी काम गर्नुपर्छ भन्ने विषयमा सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने काम गर्दछ ।

सहभागिहरुलाई ५ जना सहभागिको दरले ५ वटा समुह बनाई प्रशिक्षण गराइएको  थियो । तालिममा सहभागीहरूले अहिलेसम्मकै फरक, व्यवहारमुखी र प्रभावकारी तालिम रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सिकाइलाई आफ्नो दैनिक जीवन तथा कृषि व्यवसायमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थियो ।

तालिमको उद्घाटन बर्दिवास साकोसका सचिव मदनकुमार ठकुरीले गर्नु भएको थियो भने समापन अध्यक्ष सन्तोषकुमार श्रेष्ठले गर्नु भएको थियो । २५ जना कृषक सदस्यहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र महेश बरालले गर्नुभएको थियो । कार्यक्रम संचालन व्यवस्थापक रमेशबहादुर सिंहले गर्नु भएको थियो भने सम्पूर्ण व्यवस्थापन वेदकुमार अधिकारी लगायत कर्मचारहरुले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

११ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

पाठकबाट थप