भद्रावती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भद्रावती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौं, १२ कार्तिक। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा सहभागी भद्रावती बचत तथा ऋण सहकारी संस्था लि. को स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ।

नेफ्स्कूनले सदस्य संघ–संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा संस्थागत दिगोपना प्रवर्द्धन गर्ने उद्देश्यले नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत प्रोबेसन मार्गनिर्देशिकाका ५० वटा सूचकलाई आधार मानी संस्थाको स्थलगत सुपरिवेक्षण गरिएको हो।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो। विशेषगरी नीतिगत व्यवस्थाको अद्यावधिक अवस्था तथा परिपालना, सदस्यमैत्री सेवा प्रवाह, आवधिक योजना, नियामक निकायबाट जारी मापदण्ड तथा निर्देशनहरूको कार्यान्वयन, सम्पत्ति–दायित्व व्यवस्थापन, पूँजी पर्याप्तता, नवीनतम प्रविधिको अवलम्बन तथा संस्थाको प्रतिस्पर्धात्मक अवस्थालगायतका विषयमा सूक्ष्म अध्ययन गरिएको थियो।

त्यसैगरी, संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन, सुशासन तथा प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरण र संस्थागत सुदृढीकरणका लागि व्यावहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो।

नेफ्स्कूनका कार्यक्रम अधिकृतद्वय सन्दिप राज ढकाल र शौभाग्य भट्टराईले गर्नुभएको स्थलगत सुपरिवेक्षणमा संस्थाका अध्यक्ष तथा व्यवस्थापन पक्षको सहभागिता रहेको थियो।

सुपरिवेक्षणपश्चात् संस्थाको विद्यमान अवस्था, सुधार गर्नुपर्ने पक्ष तथा आवश्यक सुझावहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरी सम्बन्धित विषयमा छलफल गरिएको थियो।

छलफलका क्रममा भद्रावती साकोसका अध्यक्ष जय बहादुर खड्काले सुपरिवेक्षणबाट प्राप्त सुझावहरू सञ्चालक समितिको बैठकमा पेस गरी यथासम्भव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेफ्स्कूनले स्क्यान कार्यक्रममार्फत सदस्य संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, जोखिम व्यवस्थापन प्रणालीको सुदृढीकरण, नियामकीय परिपालना तथा सुशासन प्रवर्द्धनमा सहजीकरण गर्दै आएको छ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१४ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप