काठमाडौं । एशियाली ऋण महासंघ (ACCU) को सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मा प्रमाणीकरण कार्यक्रमअन्तर्गत कार्यरत जनशक्तिका लागि ACCESS कार्यक्रमसम्बन्धी अनुशिक्षण सम्पन्न भएको छ। मंसिर ९ गते आयोजित कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ACCESS कार्यक्रमका परीक्षण मापदण्ड, कार्यप्रणाली तथा सहकारी संस्थासम्बन्धी विभिन्न सवालमा छलफल गरिएको थियो।
एशियाली ऋण महासंघ (ACCU) का प्रमुख कार्यकारी अधिकृत एलिनिटा भी. सान रोके (Elenita V. San Roque) र प्रमुख प्राविधिक अधिकृत रञ्जित हेट्टियाराच्ची (Ranjith Hettiarachchi) को सहजीकरणमा सम्पन्न कार्यक्रममा नेफ्स्कूनको प्रमाणीकरण कार्यक्रमअन्तर्गत कार्यरत १७ जना अधिकृतहरूको सहभागिता रहेको थियो।
अनुशिक्षण कार्यक्रममा ACCU द्वारा विकसित ACCESS गुणस्तर सुनिश्चितता उपकरण (Quality Assurance Tool) का विभिन्न सूचक, मूल्याङ्कन विधि, संस्थागत कार्यसम्पादन मापनका आधार तथा ACCESS मापदण्ड प्राप्तिका लागि सहकारी संस्थाहरूलाई आवश्यक प्राविधिक सहयोग र मार्गदर्शन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा ACCESS मापदण्ड तथा सूचकहरूको सही बुझाइ र प्रभावकारी प्रयोगले सहकारी संस्थाहरूको संस्थागत अवस्था मूल्याङ्कन गर्न तथा सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुग्ने विषयमा चर्चा गरिएको थियो।
त्यसैगरी नेफ्स्कूनको सदस्य सेवा एकाइमा कार्यरत अनुगमन अधिकृत (Monitoring Officer) को कार्यविवरण, जिम्मेवारी, कार्यक्षेत्र, अनुगमन तथा कोचिङ प्रक्रियाबारे ACCU का तर्फबाट प्रस्तुतीकरण गरिएको थियो।
ACCESS कार्यक्रममा सहभागी बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सुशासन, वित्तीय अवस्था, व्यवस्थापकीय क्षमता, सदस्य सेवा, जोखिम व्यवस्थापन तथा सञ्चालन दक्षता अभिवृद्धिका लागि नियमित अनुगमनसँगै परिणाममुखी कोचिङ र प्राविधिक सहयोग आवश्यक रहेको विषयमा जोड दिइएको थियो।
कार्यक्रममा ACCESS लाई केवल प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाका रूपमा नभई सहकारी संस्थाहरूको संस्थागत क्षमता विकास, वित्तीय दिगोपना, सुशासन तथा व्यावसायिक उत्कृष्टता हासिल गर्ने निरन्तर सुधारको अभियानका रूपमा अगाडि बढाउने विधिहरूका विषयमा अनुशिक्षण गरिएको थियो।
अनुशिक्षणले ACCESS कार्यक्रममा कार्यरत जनशक्तिको मापदण्डसम्बन्धी बुझाइ, मूल्याङ्कन क्षमता तथा संस्थागत सुधारका लागि आवश्यक प्राविधिक सहजीकरणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२६ दिन अगाडि
२७ दिन अगाडि
२६ दिन अगाडि
८८ दिन अगाडि
९० दिन अगाडि
८६ दिन अगाडि