लेटाङ । पथरीस्थित मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तथा सम्बन्धित पदाधिकारीहरूको क्षमता अभिवृद्धि तालिम (CUDCC) लेटाङमा सम्पन्न भएको छ ।
कृषि विकास बैंकको तालिम केन्द्र, लेटाङमा असोज ८ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारी गरी १५ जनाको सहभागिता रहेको थियो ।
तालिममा संस्थाका अध्यक्ष भिमनबहादुर ठकुरी, उपाध्यक्ष कविता पराजुली, सचिव कृष्णबहादुर कार्की, कोषाध्यक्ष कमलबहादुर भट्टराई, सञ्चालक सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका सदस्य, सल्लाहकार तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सहकारी संस्थालाई प्रभावकारी, व्यवस्थित र सुशासित ढंगले सञ्चालन गर्न आवश्यक ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको साकोसले जनाएको छ । तालिमका क्रममा सञ्चालक तथा पदाधिकारीहरूको भूमिका, जिम्मेवारी, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन लगायत सहकारी सञ्चालनसँग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको तालिमको समापनका क्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई संस्थाको कार्यसम्पादनमा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिमले सहकारीको संस्थागत विकाससँगै सञ्चालक तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
मनकामना साकोसले संस्थाको संस्थागत सुदृढीकरण, सुशासन र सदस्य सेवाको गुणस्तर अभिवृद्धिका लागि क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ घण्टा अगाडि
२ दिन अगाडि
१० दिन अगाडि
९ दिन अगाडि
८ दिन अगाडि
१५ दिन अगाडि