लघु व्यवसाय खेलको सिकाइले साकोसका सम्भाव्य उद्यमीमा नयाँ उर्जा दिन्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 लघु व्यवसाय खेलको सिकाइले साकोसका सम्भाव्य उद्यमीमा नयाँ उर्जा दिन्छ

लघु व्यवसाय खेल Micro Business Game (MBG) तालिम उद्यम सञ्चालनमा सुक्ष्म रूपमा जान्नैपर्ने खेलमा आधारित तालिम हो । यस तालिमले सहभागीहरूलाई साना व्यवसाय सञ्चालन सम्बन्धी ज्ञान, सीप र दृष्टिकोण विकास गर्न अत्यन्तै महत्वपूर्ण महसुशीकरणको भूमिका खेलेको छ । तालिमले व्यवसायिक सोच, वित्तीय अनुशासन, निर्णय क्षमता तथा सहभागीहरूको व्यवहारिक रूपान्तरणका सन्दर्भमा धेरै महत्वपूर्ण सिकाइ रहने छ ।
तालिमका उत्कृष्ट सिकाईहरू:
यस तालिमको मोडल खेलमा आधारित सिकाइ -Game Based Learning_ पद्धति मार्फत गरिने भएकाले हरेक प्रक्रियालाई अत्यन्तै जीवन्त र प्रभावकारी बनाएको छ । खेलमा सहभागीहरू अन्य तालिममा जस्तो श्रोता मात्र नभई आफैं व्यवसायीको भूमिकामा रहेर निर्णय गर्दछन् योजना बनाउँदछन् र त्यसको व्यवसायिक नाफा घाटाको परिणाम भोग्दछन् । यसले सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने पुलको काम गरेको छ । प्रशिक्षकका रूपमा हेर्दा यस्तो अभ्यासमूलक विधिले सहभागीहरूको आत्मविश्वास, सक्रियता र जिम्मेवारी बोधका लागि उल्लेखनीय रूपमा बृद्धि भएको देखेको छु ।
दोस्रो महत्वपूर्ण सिकाइ भनेको सहभागीहरूले लिने व्यवसायिक निर्णय र त्यसबाट आउने नतिजा बीचको अन्तरसम्बन्ध हो । खेलका प्रत्येक राउन्डमा सहभागीहरूले व्यवहारिक रूपमा कार्य गरे जस्तै कच्चा पदार्थ खरिद, बिक्री पूर्वानुमान, मूल्य निर्धारण, लगानी, ऋण व्यवस्थापन तथा खर्च नियन्त्रणसम्बन्धी निर्णय गर्नुपर्दछ । ती निर्णयहरूले उनिहरूको व्यवसायको नाफा, घाटा, नगद प्रवाह र दिगोपनामा कस्तो असर पार्दछ भन्ने कुरा उनीहरूले प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् । Event Card (घटना कार्ड) र Consequence Card  (परिणाम कार्ड) ले वास्तविक जीवनमा व्यवसायले सामना गर्नुपर्ने जोखिम, अनिश्चितता र अवसरहरूको प्रतिनिधित्व गरेकाले जोखिम व्यवस्थापनको बारेमा सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको छ ।

तेस्रो महत्वपूर्ण सिकाइ वित्तीय साक्षरता र यसको आवश्यकता हो । यस खेलमा धेरै सहभागीहरूले शुरूमा आम्दानी विवरण, नगद प्रवाह विवरण र वासलात जस्ता वित्तीय विवरणप्रति अन्योल वा सामान्यमात्रामा ज्ञार रहेको देखिएता पनि खेलको निरन्तर अभ्यासपछि उनीहरू आफैं लागत गणना गर्न, नाफा–नोक्सान विश्लेषण गर्न र वित्तीय निर्णय लिन सहभागीहरूलाई सक्षम बनाएको पाइएको छ ।  यसले सहकारीहरूलाई लघु उद्यम व्यवसायिहरूको वित्तीय अवधारणालाई सरल भाषा, उदाहरण र अभ्यासमार्फत बुझाउनुपर्ने आवश्यकता झन् गहिरो रूपमा महसुस गराउदछ ।
खेलको चौथो सिकाइ ग्राहक केन्द्रित वा ग्राहकको आवश्यकता अनुसारको व्यवसायिक सोचको विकास हो । उत्पादनको गुणस्तर, सेवा प्रवाह, व्यवसायको वातावरण सुधार, नयाँ बस्तु तथा सेवा उत्पादनको शुरूवात सिथै बजार विस्तार जस्ता निर्णयहरूले ग्राहक संख्या र व्यवसायको आम्दानीमा पार्ने सकारात्मक प्रभावको बारेमा खेलले सहभागीहरूलाई स्पष्ट पार्दछ । यसले सहभागीहरूलाई केवल उत्पादनमा मात्र सीमित नभई ग्राहकको अनुभव र सन्तुष्टिलाई समेत व्यवसायको केन्द्रमा राख्नुपर्ने कुरालाई समेत जोड दिन्छ । 
समग्रमा, Micro Business Game खेल्दै सिक्दै -Learning by Doingमा आधारित यस तालिमले साना व्यवसाय सञ्चालनका व्यवहारिक यथार्थतालाई खेलको माध्यमबाट बुझाउने प्रयास गरेको छ । यस तालिम खास गरी साना व्यावसायीहरूको लागि एकमदमै महत्वपुर्ण रहेको छ ।  सहकारीले आफ्ना सदस्यहरू जो साना उद्यम सञ्चालन गरिरहेका छन् उनिहरूको लागि एकदमै आवश्यक र महत्वपूर्ण रहेको देखिन्छ ।
सहकारीका सदस्यहरूका लागि किन आवश्यक छ ?
लघु व्यवसाय खेल सहकारीका सदस्यहरूका लागि अत्यन्त आवश्यक र समयसापेक्ष रहेको देखिन्छ । किनभने सहकारीका अधिकांश सदस्यहरू साना तथा लघु उद्यम, कृषि, व्यापार वा सेवामूलक पेशामा संलग्न छन् । यस्ता व्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने व्यवसायिक सोच, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र दीगो निर्णय क्षमताको विकास बिना सहकारी सदस्यहरूको आर्थिक सशक्तीकरण सम्भव हुँदैन । यस तालिमले ती आवश्यक सीप र ज्ञान व्यवहारिक रूपमा विकास गराउन मद्दत गर्दछ ।
सहकारी सदस्यहरूलाई व्यवसाय सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान आवश्यक हुन्छ । धेरै सदस्यहरूले अनुभवको आधारमा मात्र व्यवसाय गरिरहेका हुन्छन्, तर लागत गणना, बिक्री पूर्वानुमान, नाफा–नोक्सान विश्लेषण तथा नगद प्रवाह व्यवस्थापनमा कमजोरी देखिन्छ । यस तालिमले खेलको अभ्यासमार्फत सदस्यहरूलाई यी विषयहरू सजिलै बुझ्न र प्रयोग गर्न सक्षम बनाउँदछ, जसले उनीहरूको व्यवसायलाई व्यवस्थित र दिगो बनाउँदछ ।
सहकारीको मुख्य उद्देश्य आर्थिक अनुशासन र वित्तीय साक्षरता प्रवद्र्धन गर्नु हो । लघु व्यवसाय खेल तालिमले आम्दानी विवरण, नगद प्रवाह विवरण र वासलातजस्ता वित्तीय उपकरणको प्रयोग सिकाउने भएकाले सदस्यहरूलाई ऋण सदुपयोग, समयमै किस्ता भुक्तानी, बचत वृद्धि र लगानी निर्णयमा सचेत बनाउँछ । जसले सहकारीको समग्र वित्तीय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न समेत सहयोग पुर्याउदछ ।
तालिमले जोखिम व्यवस्थापन र निर्णय क्षमताको समते विकास गर्दछ । सहकारी सदस्यहरूले बजारमा देखिने उतारचढाव, मूल्यमा आउने परिवर्तन, कच्चा पदार्थको अभाव, ग्राहक घटबढ जस्ता जोखिमहरू सामना गर्नुपरेको देखिन्छ । तालिममा समावेश घटना तथा परिणमा कार्ड ले यस्ता जोखिमहरूको अभ्यास समेत गराउने भएकाले पनि यस तालिम सहकारी संस्थाहरूको लागि महत्पुर्ण र आवश्यक रहेको र प्रभावकारी समेत रहने छ । 

यस तालिमको लागि नेफ्स्कूनले डिएसआइके जर्मनीको सहयोगमा पन्ध्र जना प्रमाणित प्रशिक्षकहरू सहित तालिमको प्रोडक्ट समेत तयार गरी सञ्चालन गरिरहेको छ । हाल सम्म २० भन्दा बढि साकोसहरू बाट ५०० भन्दा बढि सदस्यहरूले यस तालिममा सहभागिता पनि जनाइसकेका छन् ।

                                                                                                         श्याम राजा तिमल्सिना,  
                                                                                                      कार्यक्रम अधिकृत, नेफ्स्कून

भर्खरै
 साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दियामा सम्पन्न
 साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दियामा सम्पन्न

१२ घण्टा अगाडि

महोत्तरीमा नेफ्स्कूनद्वारा स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न 
महोत्तरीमा नेफ्स्कूनद्वारा स्क्यान (SCAN) तथा प्रोबेसन (PROBATION) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवे...

१३ घण्टा अगाडि

सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

१३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत चेतना साकोसको अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत चेतना साकोसको अनुगमन

१७ घण्टा अगाडि

सिन्धुलीमा ‘म्यानेजर्स बुटक्याम्प’ सम्पन्न : सहकारी व्यवस्थापनमा नयाँ ऊर्जा
सिन्धुलीमा ‘म्यानेजर्स बुटक्याम्प’ सम्पन्न : सहकारी व्यवस्थापनमा नयाँ ऊर्जा

१७ घण्टा अगाडि

बहुनियामक नियमनमा अस्पष्टता :  सहकारी क्षेत्र अन्योलमा, एकीकृत सुपरिवेक्षण प्रणालीको माग
बहुनियामक नियमनमा अस्पष्टता : सहकारी क्षेत्र अन्योलमा, एकीकृत सुपरिवेक्षण प्रणालीको माग

१ दिन अगाडि

सामुहिक साकोसमा स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
सामुहिक साकोसमा स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

बेसीशहरमा सहकारीको डिजिटल रूपान्तरण सम्बन्धी कार्यक्रम सम्पन्न
बेसीशहरमा सहकारीको डिजिटल रूपान्तरण सम्बन्धी कार्यक्रम सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
 साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दियामा सम्पन्न
 साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दियामा सम्पन्न

१२ घण्टा अगाडि

सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

१३ घण्टा अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

४ दिन अगाडि

स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 
स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 

१९ दिन अगाडि

राैतहट स्थित उन्नतिशिल महिला साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण
राैतहट स्थित उन्नतिशिल महिला साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना
सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना

५ दिन अगाडि

सहकारी सुशासन प्रर्बधनका लागि वर्दिवास साकोसमा सुपरिवेक्षण
सहकारी सुशासन प्रर्बधनका लागि वर्दिवास साकोसमा सुपरिवेक्षण

२ दिन अगाडि

आवाशिय तालिम संचालनका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।
आवाशिय तालिम संचालनका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।

१० दिन अगाडि

पाठकबाट थप