स्थिरीकरण कोषको २७औँ सञ्चालन समितिको बैठक सम्पन्नः चौथो वार्षिक परामर्श बैठक पुष ५ गते
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको २७औँ सञ्चालन समितिको बैठक सम्पन्नः चौथो वार्षिक परामर्श बैठक पुष ५ गते

काठमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको सञ्चालन समितिको २७औँ बैठक सञ्चालन समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा पुष २ गते सम्पन्न भएको छ।

स्थिरीकरण कोषको चौथो वार्षिक परामर्श बैठक पुष ५ गते हुने कोषको २६औं सञ्चालन समितिको बैठक असोज २२ गतेका दिन बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ को दफा ४४ बमोजिम आर्थिक बर्ष २०८१।०८२ को परामर्श वैठक २०८२ पुष ५ गते विहान ११ बजेबाट अल्फा हाउस, बुद्धनगर काठमाडौंमा हुने कोषका सदस्य सचिव डा.शिवजी सापकोटाले बताउनु भएको छ । 

आबद्ध सस्थाको तरलता कायम राख्न सहयोग गर्नु,समस्याग्रस्त सहकारीको बचाउको लागि सापटी प्रदान गर्नु,समस्याग्रस्त भएको अवस्थामा व्यवस्थापन खर्च व्यहोर्नु,अग्रीम जोखिम सुपरिवेक्षण गरी स्तरीय सञ्चालनको प्रत्याभुती दिनु र स्तरीय सञ्चालनका मानकहरु कार्यान्वयन गर्न अभियानलाई सहजीकरण गर्नु नै स्थिरीकरण कोषको उद्धेश्य रहेको छ ।

बैठकमा प्रगती समिक्षा, लेखापरीक्षण प्रतिवेदन,परामर्श बैठक,कोषको प्रतिवेदन तथा अनुगमन ढाँचाहरुको संशोधन र कार्यविधि संशोधन सम्बन्धमा छलफल भएको थियो । 

कोष स्थापनाका कानूनी आधारहरू :
बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापनाको कानूनी आधार सहकारी ऐन, २०७४ को दफा १०३ ले सञ्चालन गरेको छ । ऐनमा बचत तथा ऋण विषयगत संस्थाहरूलाई सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरू मिली एक स्थिरीकरण कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । कोष सञ्चालन गर्न इच्छुक सहकारी संस्था, बचत तथा ऋण विषयगत केन्द्रीय सहकारी संघमा सदस्य रहेका सहकारी संस्था, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, मन्त्रालय नेपाल सरकारका अन्य निकाय र अन्तर्राष्ट्रिय सहकारी संघहरूको योगदान उक्त कोषमा रहन सक्ने गरेको छ । 

बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्ने उद्धेश्यले सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ को नियम ७४ अनुसार बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष सञ्चालनमा रहेको छ । हालसम्म ३२९ वटा संघ संस्थाहरुले कोषमा योगदान  गरेका छन ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप