नेपाल वित्तीय लेखा तथा रिर्पोटिङ मापदण्ड (NFRS) को संक्षिप्त परिचय र आजको आवश्यकता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल वित्तीय लेखा तथा रिर्पोटिङ मापदण्ड (NFRS) को संक्षिप्त परिचय र आजको आवश्यकता

राम प्रसाद तिमल्सिना  

कुनैपनि देश सुसञ्चालनको लागि त्यो देशमा आर्थिक गतिविधि हुनु आवश्यक हुन्छ । आर्थिक गतिविधि भएपछि त्यसको हिसाब राख्नुपर्दछ त्यस हिसाब राख्ने प्रकृयालाई लेखा ब्यवस्थापन भनिन्छ । लेखा ब्यवस्थापन  चुस्तदुरुस्त भए नभएको पत्ता लगाउन तथा देशैभरि सम्पुर्ण लेखा ब्यवस्थापनको प्रतिवेदनको ढाँचामा एकरुपता ल्याउन प्रयोग गरिने बिधि नै बित्तिय प्रतिवेदन मापदण्ड हो । देशमा सञ्चालित संघ, संस्था, बैँक, बिमा लगायत बित्तिय कारोबार गर्ने सम्पुर्णले एकै मापदण्डको प्रतिवेदन पेश गर्नुपर्ने भएकोले हरेक देशले आफ्नो भुगोल सुहाँउदो तथा अन्र्तराष्ट्रिय बित्तिय प्रतिवेदनको अभ्यासको आधारमा मापदण्ड तयार गरी लागु गर्ने गरेको हुन्छ । 

सन् १९७३ मा International Accounting Standards Committee (IASC) नामक संस्था स्थापना भयो जसले बित्तिय प्रतिवेदन प्रकाशनको खाका तयार गरी प्रचलनमा ल्यायो । बिभिन्न समयमा परिमार्जन हुँदै सन् २००१ मा International Accounting Standards Board (IASB)  ले IFRS (International Financial Reporting Standards) जारी गर्यो र अन्तराष्ट्रिय रुपमा प्रचलनमा आयो । नेपालमा पनि एकैखाले लेखा ब्यवस्थापन तथा लेखा सम्बन्धि सबै कार्य गर्नको लागि सन् १९९९ मा  स्वायत्त नेपाल चार्र्टर्ड एकाउन्टेन्टस् संस्था Institute of Chartered Accountants of Nepal (ICAN)  को स्थापना भई सञ्चालनमा आयो । नेपाल बिश्व व्यापार संगठन (WTO) को सदस्य भईसकेको र विश्वब्यापिकरण तथा प्रबिधिका कारणले नेपालमा पनि अन्य देशहरुमा जस्तै सर्वमान्य लेखा प्रतिवेदन मापदण्ड लागु गनुपर्ने आवश्यकताका कारण  ICAN ले पनि सन् २०१४÷०१५ बाट चरणबद्ध रुपमा लागु गर्ने गरी नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS)  लागु गर्यो र हाल अनिवार्य गरेको छ । 

सहकारीमा नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS) को आवश्यकता
१. अन्तराष्ट्रिय अभ्यास तथा ऐक्यबद्धता
हाल नेपाल तथा नेपालका बिभिन्न संघ÷संस्था पनि बिभिन्न अन्तराष्ट्रिय संघ संगठनको सदस्य भएको तथा अन्तराष्ट्रिय रुपमा पनि IFRS (International Financial Reporting Standards) अनिवार्य गरिएकोले सोही आधारमा बनेको  नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्डमा हिसाब राख्न तथा रिपोर्टिङ गर्नु अनिवार्य भएको छ । नेपालका सहकारीहरु र यससँग सम्बन्धित संघ तथा अभियानहरु र छाता संघ लगायत  बिभिन्न अन्तराष्ट्रिय गुणस्तर तथा सुशासन कार्यक्रममा समावेश भएकाले यो रिपोर्टिङ अनिवार्य भएको छ । नेपालका सहकारी संघ तथा बिभिन्न संस्थाहरु पनि WOCCU, ICA, ACCU  लगायतका अन्तराष्ट्रिय अभियानमा जोडिएकोले पनि यसै मापदण्ड अनुसार हिसाब राख्न तथा प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ । 

२. कानूनको परिपालना
कुनैपनि देशमा बसोबास गर्ने मानिस तथा त्यस देशमा सञ्चालित ब्यवसायले त्यो देशको प्रचलित कानून मान्नुपर्ने बाध्यात्मक कानूनी ब्यवस्था रहेको हुन्छ । ICAN ले सुरुमा केही संस्था तथा ब्यवसायिक कम्पनीबाट  नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS) को परीक्षण गरेको तथा पछि निश्चित सम्पति रहेको संघ÷संस्थालाई अनिवार्य गर्दै हाल सबै सहकारीलाई अनिवार्य गरेको सन्दर्भमा प्रचलित कानूनको परिपालना गर्नुपर्ने भएकोले यसै मापदण्डमा हिसाब राखि सोही बमोजिम प्रतिवेदन प्रस्तुत तथा पेश गर्नुपर्ने हुन्छ । नेपाल सरकारका बिभिन्न निकायले यसै रिपोर्टिङ मापदण्डको आधारमा प्रतिवेदन तयार गरी पेश गर्नुपर्ने बाध्यात्मक ब्यवस्थाले (NFRS) कै आधारमा सम्पुर्ण लेखा ब्यस्थापन  गर्नुपर्ने हुन्छ । 
 
३. एकरुपता, पारदर्शिता र लेखा परीक्षणमा सहजता
प्रचलित कानून बमोजिम दर्ता भई सञ्चालनमा रहेका र बित्तिय कारोबार गर्ने हरेक संगठनले आर्थिक बर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण गर्नुपर्ने कानूनी ब्यवस्था रहेको छ । बिगतमा झैँ फरक  फरक आधारमा प्रतिवेदन प्रस्तुत गर्दा वास्तबिक रकम नदेखिने तथा नाफा नोक्सानमा फरक आउने तथा सबैले बुझ्न नसक्ने भएकोले प्रतिवेदनमा एकरुपता नहुने र पारदर्शिता ऐकिन गर्न नसकिने हुन्छ । नेपालको परिप्रेक्षमा कुनैपनि लेखापरीक्षकले लगातार बढीमा २ बर्षसम्ममात्र लेखापरीक्षण गर्नसक्ने भएकाले बिभिन्न सहकारीले फरक फरक खाले लेखा ब्यवस्थापन गर्दा लेखा परीक्षणमा पनि असहजता हुन्छ । 

४.कर्मचारीको दक्षता र रोजगारीको अवसर
प्रचलित कानून बमोजिम हरेक संस्थाले नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS) अनुसार नै लेखा ब्यवस्थापन र प्रतिवेदन पेश गर्नुपर्ने भएकोले कार्यरत कर्मचारीको कार्यक्षमता तथा कार्यदक्षता अभिबृद्धि गर्न यो मापदण्डको आवश्यकता र महत्व रहेको छ । यो मापदण्डबाट हाल कार्यान्वयनको चरणमा रहेकोले धेरै यो तालिम प्राप्त जनशक्तिको माग बढ्ने भएकोले थप तथा ब्यवसायिक जनशक्तिको लागि पनि यसको महत्व रहेको छ । 


नेपाल चार्टड एकाउन्टेन्ट संस्था (ICAN)  ले तयार गरी लागु गरेको नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS) अनुसार लेखा ब्यवस्थापन र प्रतिवेदन प्रकाशन अनिवार्य भएकोले हरेक सहकारी संस्थाले यस अघि (NFRS)  मा लेखा राखि प्रतिवेदनको अभ्यास नगरेको भए तापनि अब यस उप्रान्त (NFRS)  अनुसार  नै लेखा राखि प्रतिवेदन बनाउनु पर्ने र साधारण सभा लगायत नेपाल सरकारले तोकेको निकायमा नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS) कै अनुसार बुझाउनुपर्ने हुन्छ । नेपालमा लेखा सम्बन्धि स्वायत्त संस्था नेपाल चार्टड एकाउन्टेन्ट संस्था (ICAN)  ले बिभिन्न समयमा प्रकाशन गर्ने सामागी्र, मापदण्ड, संशोधन, लेखा परिपत्र, प्रशिक्षण लगायतको जानकारीबाट पनि नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS) तथा यसमा लेखा ब्यवस्थापन तथा प्रतिवेदनको जानकारी लिन सकिन्छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) लगायत नेपाल चार्टड एकाउन्टेन्ट संस्था (ICAN) बिभिन्न सरकारी निकाय, स्थानीय तहहरुले बिभिन्न समयमा प्रदान गर्ने तालिम लगायतमा सहकारी संस्थाले आफ्ना कर्मचारीको प्रतिनिधित्व गराएर पनि आफ्ना कर्मचारीलाई दक्ष बनाउन सकिन्छ । जो बित्तिय क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहन्छन् तीनिहरुले पनि स्वस्र्फुत रुपमा यी र यस्ता तालिमहरुबाट आफ्नो करियर राम्रो बनाउन सक्छन् ।

समग्रमा नेपाल बित्तिय लेखा तथा रिर्पोटिङ मापदण्ड Nepal Financial Reporting Standards (NFRS) अनिवार्य भएकोले यसैका आधारमा लेखा ब्यवस्थापन र प्रतिवेदन प्रकाशनको बिकल्प छैन । त्यसैले हरेक सहकारीले आफ्ना कर्मचारीलाई तालिम तथा पुर्नतार्जकि मार्फत दक्ष बनाउनुपर्ने हुन्छ । जो नयाँ बित्तिय क्षेत्रमा प्रबेश गर्ने सोचाईमा हुनुहुनछ उहाँहरुको लागि त यो प्रथम खुड्किलो नै हो । 
 

 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप