'संस्थागत सबलताको आधार नै स्तरीकरण कार्यक्रम हो ' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'संस्थागत सबलताको आधार नै स्तरीकरण कार्यक्रम हो ' 

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. (साविकको फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.) वि.स.२०७२  साल भाद्र महिना देखी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को स्तरीकरण कार्यक्रम अन्तर्गत पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आवद्ध भएको हो । राष्ट्रिय स्तरको प्रोवेसन ब्राण्ड प्राप्ती संगै संस्था अहिले दुई वर्ष अगाडिदेखी नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालित एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस 'ACCESS' मा आवद्ध रहेको छ । 

प्रोवेसन कार्यक्रममा सहभागी हुनु भन्दा पहिले अर्थात सुरुको  समिक्षा बैठक अवधिमा संस्थाको भाखा नाघेको ऋण ५८ प्रतिशत थियो । अत्याधिक भाखा नाघेको ऋण तथा पर्ल्सका अन्य सूचकहरु पनि स्ट्याण्डर्ड अनुसार नहुँदा समिक्षा बैठकमा जान पनि नपरे हुन्थ्यो जस्तो लाग्दथ्यो । प्रतिवेदन बनाउने जाँगर अत्यन्त कम लाग्दथ्यो किन भने प्रतिवेदनमा अधिकांश सूचक नराम्रा देखिन्थे । निरन्तरको कार्यक्रमको उपलव्धी र काम प्रतिको हाम्रो दृढ लगावले विगतको तुलनामा संस्था अत्यन्त सकारात्मक दिशामा अघि बढेको छ । 

अहिले संस्थाको ०८२ आषाढ मसान्तको वित्तिय अवस्था अनुसार संस्थामा भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा तल रहेको छ । जगेडा कोष ७ प्रतिशत माथी रहेको छ । संस्थागत सुशासन कायम, व्यवसायिक विकास, वर्तमान ऐन कानुनको प्रभावकारी पालना गर्दै संस्थालाई दिगो रुपले सञ्चालन गर्न स्तरीकरण कार्यक्रम एक महत्वपूर्ण आधार बनेको छ । संस्था  प्रोवेसन र एक्सेस कार्यक्रममा आवद्ध भए पछी संस्थामा धेरै सकारात्मक प्रभाव परेको छ । कार्यालयको ले आउट परिवर्तन, कर्मचारीको क्षमता अभिवृद्धि, सञ्चालक समिति र कर्मचारीको बुझाईमा एकरुपता, कानुन परिपालनामा सहजता, सदस्य संख्यामा उल्लेख्य बृद्धि, व्यवसायिक विकास, सदस्यहरुको बढ्दो विश्वास, भाखा नाघेको ऋण न्यून हुनु, खर्चमा मितव्ययिता, सेवाहरुमा गुणस्तरता, प्रविधिमैत्री कारोवार, प्रतिवेदनमा शुद्धता जस्ता विषयहरु कार्यक्रमको माध्यमबाट  प्रत्यक्ष देखिएका सकारात्मक उपलव्धीहरु हुन् । 

विशेष गरी स्तरीकरण कार्यक्रमले हामीलाई सही दिशामा डोर्याएको छ । राज्यले नियामकीय संयन्त्र बलियो बनाउन नसकी खासै नियमन, नियन्त्रण र प्रवर्द्धनको पाटोमा उपलव्धीमुलक भुमिका खेल्न नसकिरहेको सन्दर्भमा स्तरीकरणका कार्यक्रमको माध्यमबाट अभिभावक संघ नेफ्स्कूनले हामीलाई नियमन, नियन्त्रण र प्रवर्द्धन सवै हिसावले एउटा अभिभावकीय भुमिका खेलेको छ । यदी नेफ्स्कूनको यो भुमिका नरहेको भए हामी यसरी संस्था चलाएर बस्न सक्ने स्थितीमा हुने थिएनौं । हामीले कहिलेकाही बाटो बिराउन खोज्दा हामीलाई बिग्रनबाट रोक्न स्तरीकरण कार्यक्रमले ठुलो भुमिका खेलेको छ । त्रैमासिक रुपमा कार्यक्रमबाट हुने संस्थाको स्थलगत सुपरिवेक्षण र अर्धवार्षिक रुपमा हुने कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाले झनै बर्तमान अवस्थाको समिक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कामका बारे दिशाबोध हुने गरेको छ । नेफ्स्कूनद्वारा प्रवर्द्धित स्तरीकरण कार्यक्रमले नै आज विजय फूलबारी साकोस एशियाली स्तरकै स्तरीय साकोस बन्न प्रयासरत छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप