कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’: ७औं व्याच सञ्चालनको तयारीमा नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’: ७औं व्याच सञ्चालनको तयारीमा नेफ्स्कून

काठमाडौं । सहकारी व्यवस्थापक कोर्षमा ७ औं व्याचको  कक्षा सञ्चालन यही आगामी भाद्र पहिलो सातादेखि शुरु हुँदैछ । सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सहकारीको कुशल व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धनमा २०७६ सालदेखि यो कोर्ष सञ्चालन गरिएको हो । 

भौतिक र अभौतिक दुवै माध्यमबाट कक्षा सञ्चालन गरिने उक्त कोर्ष ६०० घण्टा अवधिको हुनेछ । आगामी भाद्र महिनाको पहिलो हप्ता देखि कक्षा सञ्चालन हुने गरि सम्पूर्ण तयारी पुरा भएको नेफ्स्कून तालिम केन्द्रले जनाएको छ ।

विभिन्न मोड्युलमा सैद्धान्तिकका साथै व्यावहारिक कक्षा सञ्चालन गरिने यो कोर्षमा सहकारीको इतिहास विकासक्रम, योजना निर्माण, सुशासन, कार्यलय व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, प्रविधिको व्यवस्थापन, बस्तु तथा सेवा निर्माण, संस्थाको जोखिम विश्लेषण व्यवस्थापन, प्रतिवेदन तयारी लगायतका विषयवस्तुहरुमा प्रयोगात्मक अभ्यास गराईन्छ । 

नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापक कोर्षको पठनपाठनबाट प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता हासिल गर्दै गईरहेको छ । सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणका लागि र सहकारी संस्थाको पेशागत व्यवस्थापनमा भविष्य निर्माण गर्न चाहनेहरुका लागि सहकारी व्यवस्थापक कोर्ष कोशेढुंगा बन्नेछ । 

कोर्षका विशेषताः

  • कुल ६०० घण्टाको कोर्षमध्ये ९६ घण्टा सैद्धान्तिक कक्षा, ३४४ घण्टाको व्यवहारिक कक्षा र १६० घण्टा कार्यगत अभ्यास गर्नुपर्ने व्यवस्था रहेको छ । (८०% व्यवहारिक २०% सैद्धान्तिक )
  • ९६ घण्टाको सैद्धान्तिक कक्षामध्ये १८ घण्टा अर्थात ३ दिनको कक्षालाई भौतिक रुपमा सञ्चालन गरिनेछ । 
  • अभौतिक कक्षा जुम मार्फत विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गरिनेछ ।
  • ५०४ घण्टाको व्यवहारिक कक्षाका लागि विभिन्न परियोजना कार्यहरु सम्पन्न गर्न लगाई सो को परीक्षण  गरिनेछ ।
     
भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

६ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

८ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप