नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलको बैठक सम्पन्न, जारी मापदण्ड संशोधनको पहललाई तीब्रता दिने निर्णय 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलको बैठक सम्पन्न, जारी मापदण्ड संशोधनको पहललाई तीब्रता दिने निर्णय 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि जारी मापदण्ड संशोधनको पहललाई निरन्तरता दिँदै आज नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलको बैठक बसेको छ । बैठकले मापदण्ड संशोधनको बहस पैरवीलाई तिब्रता दिने, प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मासँग तत्काल भेट गरी जारी निर्देशनहरूले सहकारी क्षेत्रमा पारेको प्रभावबारे जानकारी गराउँदै तत्काल मापदण्ड संशोधनका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

कार्यदलको वैठकले भर्खरै सहकारी विभागद्वारा जारी १०२ बुँदे एकीकृत निर्देशनको अध्ययन गर्ने र यसका सकारात्मक पक्षको स्वागत गर्दै असहजता सिर्जना गर्ने प्रावधानहरूमा सुधारको माग गर्ने तयारी पनि गरेको जनाएको छ ।

बैठक महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यदल संयोजक रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा विभिन्न निकाय नेपाल राष्ट्र बैंक, नियमन प्राधिकरण, सहकारी विभाग, प्रदेश सरकार र स्थानीय तहबाट फरकफरक निर्देशन आउँदा सहकारी क्षेत्रमा अन्यौलता उत्पन्न भएको भन्दै कार्यदलले तत्काल स्पष्टता र एकरुपता ल्याउन आवश्यक रहेको निष्कर्ष निकालेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष एवं कार्यदलका संयोजक पोखरेलले सर्वसाधारणलाई वित्तीय सेवा दिन सक्रिय बचत तथा ऋण सहकारी अभियानलाई सुशासनसहित सुदृढ बनाउने उद्देश्यका साथ कार्यदलको सक्रियता अझ बढ्ने बताउनुभयो । 

कार्यदलको सह-संयोजकमा महासंघका उपाध्यक्ष डिबी बस्नेत हुनुहुन्छ भने सदस्यहरुमा महासंघका संचालक परितोष पौड्याल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, तथा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र मकवानपुर जिल्लाका बचत तथा ऋण सहकारी संघका अध्यक्षहरू क्रमशः दीपक पनेरु, रामहरी बजगाईं, कृष्णगोविन्द लाखाजु, उदयराम कायस्थ र कल्पना श्रेष्ठ हुनुहुन्छ ।

कार्यदलको प्राविधिक टिममा महासंघका कामु महाप्रबन्धक गोपीकृष्ण भण्डारी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र बागमती प्रोस्कुनका सिइओ केशव दाहाल रहनुभएको छ । कार्यदलले निकट भविष्यमा ठोस कार्ययोजना सार्वजनिक गर्दै सहकारी क्षेत्रको हितमा व्यापक दवाब सिर्जना गर्ने संकेत गरेको छ ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप