जनसेवा साकोसको स्वस्थ वित्तीय विवरण सार्वजनकि, शुद्ध सञ्चालन मुनाफामा वृद्धि 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसेवा साकोसको स्वस्थ वित्तीय विवरण सार्वजनकि, शुद्ध सञ्चालन मुनाफामा वृद्धि 

जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले आ.ब. ०८१/०८२ को असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । साउन २ गते प्रकाशित विवरण अनुरुप साकोसको कुल सम्पत्ती ४४.९८ करोड रहेको र शुद्ध सञ्चालन मुनाफा १.३८ करोड रेहेको उल्लेख गरिएको छ । साकोसको बचत रकम ३६.०७ करोड रहेकोमा नियमित बचतको भार ४२.०० प्रतिशत रहेको छ । कुल ऋणलगानी रु.३२.७८ करोड रहेकोमा भाखा नाघेको ऋण रकम रु.१४२५१४२।३१ अर्थात ०.४३ प्रतिशत रहेको जनाईको छ । कुल शेयर सदस्य संख्या २५०४ जना रहेको साकोसमा शेयर पुँजी रु ४.०० करोड छ भने संस्थागत पुँजी २.८३ करोड वा कुल सम्पत्तीको अनुपातमा ६.२९ प्रतिशत रहेको छ । साकोसमा तरलता प्रतिशत २३.८१ प्रतिशत रहेको जनाईएको छ । संस्थाले विगत बर्षबाट नै ऋणमा १ अंकको ब्याजदर कायम गरी लगानी गरेको छ । सम्पत्तीको वार्षिक बृद्धि दर ११.२५ प्रतिशत रहेको साकोसले गत बर्षको भन्दा यस बर्ष शेयर लाभांश र कारोवारीक मुनाफा बापतको संरक्षीत पुँजी फिर्ता कोषको रकम केही बृद्धि हुन सक्ने जनाएको छ ।

पछिल्लो समय सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण रकम बृद्धि हुदै गएको, सञ्चालन मुनाफा न्युन भएको र कुल सम्पत्तीको बृद्धि दर ऋणात्मक भएको समाचारहरु आईरहेको अवस्थामा समेत जनसेवा साकोसले आफनो वित्तीय अवस्थालाई पर्ल्स मापदण्ड अनुरुप सबै सुचाकाङ्कहरु मापदण्ड भित्रै राख्न सफल भएको साकोसका व्यवस्थापक प्रेम सागर अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।  साकोसको सम्पत्तीको बृद्धि दर गत बर्षहरुको तुलनामा बृद्धि भएको छ भने भाखा नाघेको ऋण रकम गत बर्षहरुको भन्दा न्युन रहेको छ ।  

२०५० साल भाद्र २१ गते कास्की जिल्लामानै २ नं.मा दर्ता भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले समुदायमा आधारीत रहेर सदस्यहरुलाई सेवा दिदै आई रहेको छ । समुदाय मा आधारीत रहेर सदस्य मुखी गतिविधिहरु सञ्चालन गरी सदस्यहरुको विश्वास जितेर कार्य गरेको कारण सहकारीको विषयमा बजारमा जे जस्तो हल्ला आए पनि जनसेवा साकोसमा कुनै पनि किसिमको प्रभाव र असर नपरेको व्यवस्थापकको दाबी छ । साथै विद्यमान भाखा नाघेको ऋण रकम न्यूनीकरणको लागि पनि व्यवस्थापन कर्मचारी टिम निरन्तर लागिरहेको साकोसले जनाएको छ ।

नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेसन (पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम) मा सहभागी भई निरन्तर नेपाल स्तरको गुणस्तर प्रमाण चिन्ह ब्राण्ड प्राप्त गर्न सफल छ । साकोसले नेफ्स्कून, प्रदेश संघ, जिल्ला संघ, बैंक लगायतबाट उत्कृट कारोबारी सम्मान समेत हात पार्न सफल भएको छ भने व्यवस्थापक पनि प्रदेश र जिल्ला तहबाट सम्मानित भइसक्नुभएको छ । 

जनसेवा साकोसले समुदायमा आधारित रही हरेक बर्ष निरन्तर रुपमा सहकारी शिक्षा, वित्तिय साक्षरता, महिला उद्यमशिलता विकास लगायत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आई रहेको छ । साकोसले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई लक्षित गर्दै टोल टोलमा सदस्य शिक्षा तथा वित्तीय साक्षरता कक्षाहरु सञ्चालन गर्ने, विद्यालय तहमा विविध कार्यक्रम साथै सहकारी शिक्षा र वित्तीय साक्षरताको ज्ञान दिने, महिला सदस्यहरुलाई लक्षित गर्दै उद्घोषणकला तथा नेतृत्व विकास तालिम, उद्यमशिलता तथा सिप विकासका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । पोखरा १९ पुरुन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा साकोस सदस्यहरुमाझ पहिलो रोजाईको सहकारी संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । 


 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

९ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

१० घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

११ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

११ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप