जनसेवा साकोसको स्वस्थ वित्तीय विवरण सार्वजनकि, शुद्ध सञ्चालन मुनाफामा वृद्धि 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसेवा साकोसको स्वस्थ वित्तीय विवरण सार्वजनकि, शुद्ध सञ्चालन मुनाफामा वृद्धि 

जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले आ.ब. ०८१/०८२ को असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । साउन २ गते प्रकाशित विवरण अनुरुप साकोसको कुल सम्पत्ती ४४.९८ करोड रहेको र शुद्ध सञ्चालन मुनाफा १.३८ करोड रेहेको उल्लेख गरिएको छ । साकोसको बचत रकम ३६.०७ करोड रहेकोमा नियमित बचतको भार ४२.०० प्रतिशत रहेको छ । कुल ऋणलगानी रु.३२.७८ करोड रहेकोमा भाखा नाघेको ऋण रकम रु.१४२५१४२।३१ अर्थात ०.४३ प्रतिशत रहेको जनाईको छ । कुल शेयर सदस्य संख्या २५०४ जना रहेको साकोसमा शेयर पुँजी रु ४.०० करोड छ भने संस्थागत पुँजी २.८३ करोड वा कुल सम्पत्तीको अनुपातमा ६.२९ प्रतिशत रहेको छ । साकोसमा तरलता प्रतिशत २३.८१ प्रतिशत रहेको जनाईएको छ । संस्थाले विगत बर्षबाट नै ऋणमा १ अंकको ब्याजदर कायम गरी लगानी गरेको छ । सम्पत्तीको वार्षिक बृद्धि दर ११.२५ प्रतिशत रहेको साकोसले गत बर्षको भन्दा यस बर्ष शेयर लाभांश र कारोवारीक मुनाफा बापतको संरक्षीत पुँजी फिर्ता कोषको रकम केही बृद्धि हुन सक्ने जनाएको छ ।

पछिल्लो समय सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण रकम बृद्धि हुदै गएको, सञ्चालन मुनाफा न्युन भएको र कुल सम्पत्तीको बृद्धि दर ऋणात्मक भएको समाचारहरु आईरहेको अवस्थामा समेत जनसेवा साकोसले आफनो वित्तीय अवस्थालाई पर्ल्स मापदण्ड अनुरुप सबै सुचाकाङ्कहरु मापदण्ड भित्रै राख्न सफल भएको साकोसका व्यवस्थापक प्रेम सागर अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।  साकोसको सम्पत्तीको बृद्धि दर गत बर्षहरुको तुलनामा बृद्धि भएको छ भने भाखा नाघेको ऋण रकम गत बर्षहरुको भन्दा न्युन रहेको छ ।  

२०५० साल भाद्र २१ गते कास्की जिल्लामानै २ नं.मा दर्ता भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले समुदायमा आधारीत रहेर सदस्यहरुलाई सेवा दिदै आई रहेको छ । समुदाय मा आधारीत रहेर सदस्य मुखी गतिविधिहरु सञ्चालन गरी सदस्यहरुको विश्वास जितेर कार्य गरेको कारण सहकारीको विषयमा बजारमा जे जस्तो हल्ला आए पनि जनसेवा साकोसमा कुनै पनि किसिमको प्रभाव र असर नपरेको व्यवस्थापकको दाबी छ । साथै विद्यमान भाखा नाघेको ऋण रकम न्यूनीकरणको लागि पनि व्यवस्थापन कर्मचारी टिम निरन्तर लागिरहेको साकोसले जनाएको छ ।

नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेसन (पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम) मा सहभागी भई निरन्तर नेपाल स्तरको गुणस्तर प्रमाण चिन्ह ब्राण्ड प्राप्त गर्न सफल छ । साकोसले नेफ्स्कून, प्रदेश संघ, जिल्ला संघ, बैंक लगायतबाट उत्कृट कारोबारी सम्मान समेत हात पार्न सफल भएको छ भने व्यवस्थापक पनि प्रदेश र जिल्ला तहबाट सम्मानित भइसक्नुभएको छ । 

जनसेवा साकोसले समुदायमा आधारित रही हरेक बर्ष निरन्तर रुपमा सहकारी शिक्षा, वित्तिय साक्षरता, महिला उद्यमशिलता विकास लगायत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आई रहेको छ । साकोसले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई लक्षित गर्दै टोल टोलमा सदस्य शिक्षा तथा वित्तीय साक्षरता कक्षाहरु सञ्चालन गर्ने, विद्यालय तहमा विविध कार्यक्रम साथै सहकारी शिक्षा र वित्तीय साक्षरताको ज्ञान दिने, महिला सदस्यहरुलाई लक्षित गर्दै उद्घोषणकला तथा नेतृत्व विकास तालिम, उद्यमशिलता तथा सिप विकासका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । पोखरा १९ पुरुन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा साकोस सदस्यहरुमाझ पहिलो रोजाईको सहकारी संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप