प्राधिकरण र विभागद्वारा जारी सहकारी मापदण्ड तथा निर्देशन सम्बन्धमा मोरङका सहकारीकर्मीहरुबीच अन्तरक्रियात्मक छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरण र विभागद्वारा जारी सहकारी मापदण्ड तथा निर्देशन सम्बन्धमा मोरङका सहकारीकर्मीहरुबीच अन्तरक्रियात्मक छलफल

मोरङ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुका लागि जेठ ९ गते जारी गरिएको मापदण्ड र  असार ३२ गते सहकारी विभागद्वारा जारी एकीकृत निर्देशन सम्बन्धमा मोरङका सहकारीकर्मीहरुबीच बुधबार अन्तरक्रियात्मक छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । मोरङको पथरी शनिश्चरेस्थित सहकारी समन्वय समिति र सहकारी कर्मचारी संगठनको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रमको अध्यक्षता सहकारी समन्वय समितिका अध्यक्ष युवराज भट्टराईको अध्यक्षता र पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले गर्नु भएको थियो । 

सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका सचिव तेजिन्द्र पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङको लेखा संयोजक बीना राई, पथरी शनिश्चरे नगरपालिका सहकारी शाखा प्रमुख केशवदेवी धमला लगायत नगरपालिका भित्र सञ्चालित विभिन्न ३४ वटा सहकारीबाट सञ्चालक समिति र व्यवस्थापन प्रमुख गरि ६० जनाको उपस्थिती रहेको थियो ।

सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरेका अध्यक्ष गणेशकुमार राईले स्वागत मन्तव्यसँगै कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नुभएको थियो ।

अभिमुखीकरण अर्थात सामूहिक छलफल पश्चात राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड र सहकारी विभागले जारी गरेको निर्देशन बमोजिम कर्जा सुरक्षण कोषको व्यवस्था गर्ने कार्यलाई सहकारीहरुमा कडाईका साथ पालना गर्ने, २०८२ श्रावण महिनाभित्रमा पुँजी कोष र पुँजी पर्याप्तता गणना सम्बन्धि तालिम तथा GoAML प्रयोग सम्बन्धि तालिम सञ्चालन गर्ने विषयमा ऐक्यबद्धता जाहेर गरिएको थियो । 

पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको व्यवस्थापन सहजीकरणमा सहकारी शाखा प्रमुख केशवदेवी धमलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप