प्राधिकरण र विभागद्वारा जारी सहकारी मापदण्ड तथा निर्देशन सम्बन्धमा मोरङका सहकारीकर्मीहरुबीच अन्तरक्रियात्मक छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरण र विभागद्वारा जारी सहकारी मापदण्ड तथा निर्देशन सम्बन्धमा मोरङका सहकारीकर्मीहरुबीच अन्तरक्रियात्मक छलफल

मोरङ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुका लागि जेठ ९ गते जारी गरिएको मापदण्ड र  असार ३२ गते सहकारी विभागद्वारा जारी एकीकृत निर्देशन सम्बन्धमा मोरङका सहकारीकर्मीहरुबीच बुधबार अन्तरक्रियात्मक छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । मोरङको पथरी शनिश्चरेस्थित सहकारी समन्वय समिति र सहकारी कर्मचारी संगठनको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रमको अध्यक्षता सहकारी समन्वय समितिका अध्यक्ष युवराज भट्टराईको अध्यक्षता र पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले गर्नु भएको थियो । 

सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका सचिव तेजिन्द्र पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङको लेखा संयोजक बीना राई, पथरी शनिश्चरे नगरपालिका सहकारी शाखा प्रमुख केशवदेवी धमला लगायत नगरपालिका भित्र सञ्चालित विभिन्न ३४ वटा सहकारीबाट सञ्चालक समिति र व्यवस्थापन प्रमुख गरि ६० जनाको उपस्थिती रहेको थियो ।

सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरेका अध्यक्ष गणेशकुमार राईले स्वागत मन्तव्यसँगै कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नुभएको थियो ।

अभिमुखीकरण अर्थात सामूहिक छलफल पश्चात राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड र सहकारी विभागले जारी गरेको निर्देशन बमोजिम कर्जा सुरक्षण कोषको व्यवस्था गर्ने कार्यलाई सहकारीहरुमा कडाईका साथ पालना गर्ने, २०८२ श्रावण महिनाभित्रमा पुँजी कोष र पुँजी पर्याप्तता गणना सम्बन्धि तालिम तथा GoAML प्रयोग सम्बन्धि तालिम सञ्चालन गर्ने विषयमा ऐक्यबद्धता जाहेर गरिएको थियो । 

पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको व्यवस्थापन सहजीकरणमा सहकारी शाखा प्रमुख केशवदेवी धमलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 


 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप