नेफ्स्कूनद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि 'MIS' मार्फत विवरण पेश गर्न अनुरोध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि 'MIS' मार्फत विवरण पेश गर्न अनुरोध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आफ्ना सदस्य संघसंस्थाहरूलाई सम्मान तथा पुरस्कारका लागि सदस्य सूचना व्यवस्थापन प्रणाली-MIS मार्फत विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संघको ३८ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय र प्रदेशस्तरीय विभिन्न पुरस्कारका लागि सदस्य संघसंस्थाहरूलाई संघको सदस्य सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गरी सहभागी हुन अनुरोध गरिएको हो । 

सम्मान तथा पुरस्कारका लागि विवरण अद्यावधिक गर्न नेफ्स्कूनको सदस्य सूचना व्यवस्थापन प्रणाली-MIS मार्फत तल दिईएको लिंकमा क्लिक गर्नुहोस् र चरणबद्ध प्रक्रियाहरु पुरा गर्नुहोस् । 

https://mis.nefscun.org.np:8443/NEFSCUN/saccos/login?

संघले सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार, सर्वोत्कृष्ट संस्था सम्मान (राष्ट्रिय र राष्ट्रिय महिला), उत्कृष्ट व्यवस्थापक (प्रदेशस्तरीय), उत्कृष्ट संस्था (प्रदेशस्तरीय) र उत्कृष्ट प्रदेश/जिल्ला संघका लागि छनोट प्रक्रिया अघि बढाएको छ । छनोट प्रक्रिया गैरस्थलगत सुपरिवेक्षण तथा अद्यावधिक तथ्यांकका आधारमा गरिने संघले जनाएको छ ।

पुरस्कारमा सहभागी हुनका लागि २०८१/८२ मा संघमा नविकरण भएको, संघबाट लिएको ऋणको भाखा ननाघेको, अघिल्लो ३ महिनाको मासिक वित्तीय विवरण र २०८२ असारको अपरिस्कृत वित्तीय विवरण सदस्य सूचना प्रणालीमा दाखिला गरेको तथा प्रोफाइलमा सुशासनका सूचकसहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीको विवरण अद्यावधिक गरेको हुनुपर्नेछ ।

उक्त विवरणहरू २०८२ श्रावण २० गतेभित्र सदस्य सूचना प्रणालीमा प्रविष्टि भइसकेको हुनुपर्ने संघले जनाएको छ । संघले सदस्य संघसंस्थाहरूलाई सम्मान तथा पुरस्कारका लागि समयमै विवरण अद्यावधिक गरी सहभागी भई सम्मान पाउने अवसर उपयोग गर्न समेत संघद्वारा आह्वान गरिएको छ ।

संघले श्रावण ३१ गते स्थापनाको ३८औं वर्ष मनाउँदैछ ।


 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

६ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

८ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप