यसकारण उपयोगी छः “सहकारी व्यवस्थापक कोर्ष”
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसकारण उपयोगी छः “सहकारी व्यवस्थापक कोर्ष”

काठमाडौंको बौद्धमा मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवार नेफ्स्कूनले सञ्चालन गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धनप्राप्त सहकारी व्यवस्थापक कोर्षको पहिलो ब्याची हुनुहुन्छ । सहकारी क्षेत्रमा बजार प्रतिनिधिदेखि लेखा व्यवस्थापनको अनुभव बटुल्दै व्यवस्थापन प्रमुखको कुशल जिम्मेवारी सम्हाल्न सफल सुनुवार सँधैं अध्ययन र अग्रजबाट सिकेर आफ्नो दक्षतामा निखार ल्याउनुपर्छ भन्ने सोचमा निरन्तगर अग्रसर हुनुहुन्छ ।

नेफ्स्कूनद्वारा सञ्चालित “सहकारी व्यवस्थापक कोर्ष” अनुभवबारे प्रमुख कार्यकारी अधिकृत सुनुवारबाट व्यक्त धारणालाई यहाँ जस्ताको तस्तै समेटिएको छ । 

सेवा प्रवेश सगैँ सबैले आफ्नोे वृत्तिविकासको अपेक्षा गरेका हुन्छन् र संगठनले पनि आफ्नो जनशक्तिबाट सकारात्मक नतिजा खोजिरहेको हुन्छ तर दुवै पक्षले अपेक्षा गरे अनुसारको नजिता नपाइरहेको हुन सक्दछ । व्यावसायिक र दीगो संस्था निर्माण गर्न ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन हुन आवश्यक छ, ज्ञानले कुनै पनि बिषय बस्तुको सैद्धान्तिक जानकारी प्रदान गर्दछ भने सीपले प्राप्त ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्न सक्षम बनाउँदछ, ज्ञान र सीपको माध्यमबाट हृदयमा परेको गहिरो छापले सकरात्मक धारणाको विकास भई अपेक्षा अनुरुपको लक्ष्य प्राप्ति हुन्छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन प्राप्त “सहकारी व्यवस्थापक कोर्ष” र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टको सहकार्यमा सञ्चालित राष्ट्रिय सहकारी महासंघको“डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेण्ट” मा सहभागी भई सफलतापूर्वक पुरा गर्न पाउनु उपलब्धिको रुपमा लिएको छु । तसर्थ साकोसमा कार्यरत व्यवस्थापकहरुको लागि नेफ्स्कूनद्वारा सञ्चालित “सहकारी व्यवस्थापक कोर्ष” मलाई यस कारण महत्वपूण लाग्छ: 

१) यस कोर्षमा रहेका जम्मा १५ वटा मोड्यूलहरु सबै ज्ञानमुलक र सीपमुलक रहेका छन् ।
२) सैद्धान्तिक भन्दा व्यवहारीक बिषय बढी भएकोले लक्ष्य निर्धारण, रणनैतिक योजना निर्माण र कार्यान्वयनलाई नतिजामुखी बनाउँदछ । 
३) संस्थाको आन्तरिक कार्यविधिहरु निर्माण गरी कार्यान्वयन गर्न सक्षम बनाउने हुदाँ आन्तरिक सुशासनको स्थापना गर्न, सहकारी दर्शन, मूल्य, मान्यत र सिद्धान्तको कार्यान्वयन गरी सहकारी ऐन, नियमको पालनालाई प्रभावकारी बनाउँदछ ।
४) संस्थागत कमी कमजोरी तथा चुनौतीहरुको पहिचान गरी सुधार गर्न र दीगो संस्था निर्माणमा सहयोग पुग्दछ ।   
५) गुणस्तरीय पूँजीगत संरचना निर्माण गर्न र साकोसको सम्पत्ति तथा दायित्व प्रभावकारी व्यवस्थापन गर्न सक्षम बनाउँदछ । 
६) मानव संसाधनको धारणात्मक विकास सँग सँगै अवसरहरु बृद्धि हुन्छ । 
७) साकोसहरुले दक्ष जनशक्ति पाउने हुँदा जनमानसमा सहकारी प्रति सकरात्मक दृष्टिकोण बन्दछ । 

सहकारी क्षेत्रमा कार्यरत अधिकांश हामी व्यवस्थाकहरुलाई सहकारीको बिषयमा नियमित अनुसन्धान गर्ने बानी नभएको र संस्थागत रुपमा पनि अनुसन्धानको बिषय ओझेलमा परेको हुँदा हामीहरु यस कारण पनि नतिजामुखी संस्था निर्माण गर्न सकिरहेका छैनौं तसर्थ अवको बाटो भनेको कार्यरत कर्मचारीहरुको आवश्यकता अनुसार विषयगत तालिम तथा कोर्षमा सहभागी गराई क्षमता अभिबृद्धि मार्फत दक्ष जनशक्तिको निर्माण र खोज तथा अनुसन्धानलाई निरन्तरता दिनु पर्दछ साथै व्यवस्थापक कोर्षमा थप मोड्यूलको रुपमा अनुसन्धान (Research) लाई समावेश गर्दा अझ राम्रो हुन्छ भन्ने लाग्छ ।  

गान्वा सुनुवार 
प्रमुख कार्यकारी अधिकृत
अजम्बरी साकोस, का.म.पा. ६, बौद्ध काठमाण्डौ 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप