सहकारी नियमन प्राधिकरणद्वारा नियमन परिपत्र जारी, ऋणको पुर्नतालिकीकरणमा सहजता  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी नियमन प्राधिकरणद्वारा नियमन परिपत्र जारी, ऋणको पुर्नतालिकीकरणमा सहजता  

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुका लागि आज ९ बुँदे नियमन परिपत्र जारी गरिएको छ । बार्षिक खाताबन्दीको समयलाई ध्यानमा राखी जारी गरिएको निर्देशनले सहकारी संघ संस्थाको बार्षिक खाताबन्दीमा राहत हुने विश्वास लिइएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सहकारी ऐन, २०७४ को दफा १०३ ज बमोजिम प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनले ऋणको पुर्नतालिकीकरण र ऋण नोक्सानी व्यवस्था सम्बन्धी व्यवस्थालाई सहजिकरण गरेको छ । 

 आज जारी गरिएको ९ बुँदे निर्देशन  

१) आफ्ना सदस्यहरुसँग नियमित रुपमा सम्पर्क गर्दै वित्तिय साक्षरता अभिवृद्धि र सदस्य केन्द्रित कारोबारमार्फत विश्वास आर्जन गर्ने ।  

२) ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यहरुको माग गरेको बखत बचत रकम फिर्ता गर्ने प्रबन्ध गर्ने ।  

३) परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जाचुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरीऋणी सदस्यलाई परेको प्रभाव मूल्याङ्कन गरी देहायका शर्तहरुको आधारमा ३ महिनाभित्र निवेदन लिई बढीमा एक वर्षसम्मका लागिपुनर्तालिकीकरण गर्न सकिने:

(क) ऋणीले कर्जा तिर्न नसकेको कारण सहितको निवेदन पत्र,

(ख) खराब ऋणीको सूचीमा नपरेका र यस अघी यस्तो सुविधा नलिएको,  

(ग) कर्जामा पाकेको ब्याजको १० प्रतिशत ब्याज भुक्तानी गरेको,

(घ) पूनर्तालिकीकरण गर्दा एक तह माथिको ऋण वर्गमा वर्गीकरण गर्न सकिने र सोही बमोजिम ऋण नोक्सानी व्यवस्थामा (Loan Loss Provision) समायोजन गर्न सकिने,  

(ङ) पूनर्तालिकीकरण गर्दा ऋण नोक्सानी व्यवस्थाबाट write back भएको रकम संचित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखाङ्कनगर्नुपर्ने । यसरी लेखाङ्ककन गरिएको रकमबाट लाभाँश तथा कर्मचारी बोनस वितरण गर्न नपाईने,  (च) पूनर्तालिकीकरण गरेबापत ऋणी सदस्यबाट कुनै प्रकारको शूल्क हर्जना लिन नपाईने  

४) पूनर्तालिकीकरण गरिएका ऋणको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात त्यस्ता कर्जाको ऋण नोक्सानी व्यवस्थाबाट write back गरिएको रकम मात्र छुट्याई सञ्चित मुनाफा खातामा लेखाङ्कन गर्न सकिने ।  

५) आर्थिक वर्ष २०८१/०८२ को अवधिभित्र पाकेको ब्याज आगामी श्रावण १५ गतेभित्र भुक्तानी गरेमा आ.ब. २०८१/०८२ को आयको रुपमागणना गर्न सकिने ।

६) सहकारी संस्थाले बैंक तथा वित्तिय संस्था, सहकारी बैंक तथा अन्य संघसंस्थाबाट कुल सम्पत्तीको पाँच प्रतिशतसम्म लिएको ऋणलाई समेत स्रोत संकलन सिमाभित्र कायम गर्न सकिने।यसभन्दा अघि सो सिमाभन्दा बढी लिएको ऋणको हकमा आगामी आर्थिक वर्षसम्ममा सिमाभित्र कायम गर्नुपर्ने ।

७) “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा जारी गरिएको नियामकिय मापदण्ड, २०८२ू बमोजिम धितो लिलाम गर्दा बिक्री नभई संस्थाको नाममा सकार गरेको सम्पत्तीको प्रचलित व्यवस्था बमोजिम कायम राखिएको नोक्सानी व्यवस्थालाई पूँजी पर्याप्तताको लागि गणना गर्न सकिने ।

८) सहकारी संघरसंस्थाले आफ्नो कर्जाको स्थिति हेरी तोकिएको न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको अतिरिक्त थप कर्जा नोक्सानी व्यवस्था कायम गर्न चाहेमा कर्जा नोक्सानी थप गर्न सकिने ।

९) सहकारी ऐन, नियमावली, मापदण्ड तथा यस निर्देशन विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिनेछ । 

भर्खरै
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

२ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

२ दिन अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

२ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

६ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

६ दिन अगाडि

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न
नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

६ दिन अगाडि

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण
नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

६ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८८ दिन अगाडि

पाठकबाट थप