‘स्थापना दिवस अभियानले प्राप्त गरेका उपलब्धीहरुको समिक्षा गर्ने दिन हो ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘स्थापना दिवस अभियानले प्राप्त गरेका उपलब्धीहरुको समिक्षा गर्ने  दिन हो ’

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५, ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु । अन्तर्राष्ट्रिय सहकारी दिवसको थिमले सहकारीहरुको लोकतान्त्रिक स्वभाव, सदस्यतामा आधारित संरचना र समुदाय केन्द्रित दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छ । दिवसको थिम सम्बन्धमा रजिष्ट्रारज्यूबाट पनि धेरै विषयहरु प्रस्तुत भए । 

आज विश्वभर विविध कार्यक्रम गरि यो दिवस मनाईंरहँदा र ३२औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि एकसाथ मनाईरहँदा हामीले सहकारी अभियानको प्रवर्द्धन र विकासमा केही प्रतिबद्धताहरु पनि व्यक्त गरेर जानुपर्छ भन्ने मलाई लाग्छ । ३१ बर्षको समय छोटो समय होईन, हामीले दिवस मनाईंरहँदा यस अवधिसम्म के कति उपलब्धी हासिल गरियो भन्ने कुराको पनि समिक्षा गर्नु जरुरी छ । हामीलाई लाग्छ अभियानमा धेरै गरेका छौं, तर आफू सहकारी पद्दतिमा बसेर अरुलाई सहकारीको पद्दतिभित्र हिड्न कति सिकायौं भन्ने कुराले प्रमुखता राख्छ । नेतृत्वमा रहेको बेला अभियानमा राम्रो काम गरेर देखाउने बेला हो । नेतृत्वकालमा के कति नतिजामुखि काम गर्न सकियो भन्ने कुराको समिक्षा र अब गरिने कामका लागि प्रतिबद्धता आवश्यक हुन्छ ।  

म कानुनको विद्यार्थी हो । कानुनको सम्मान र पालना गर्नुपर्छ भन्नेमा पूर्ण विश्वस्त पनि छु । तर हामीले सहकारी अभियानभित्र ऐनको परिपालना गर्न कति सक्यौं भन्ने मुल प्रश्न हो । ऐन पालना नगर्दा त्यसको असर के पर्यो, यो पनि समिक्षा गरौं । हामीले आत्मसाथ गर्नुपर्छ सहकारी ऐन, २०७४ को पालनामा कहाँ चुक्यौं ? यसको प्रभाव आज हामीले के भोगिरहेका छौं ? त्यसको आत्मसाथ गर्ने दिन पनि हो आज । 

हामी सबै कुनै न कुनै जिम्मेवारीमा छौ । हामीलाई जिम्मेवारीमा पठाउनेहरुको आत्मसम्मानमा आँच आउने काम गरेर अपमान गर्ने छुट कानुनले हामीलाई दिएको छैन । कानुनको उलंघन गरियो भनेर आफूलाई बाहादुरी ठान्ने काम नगरौं, सबैको नजर हामीतिर छ । परिवार, समाज र कानुन सँग थोरै भए पनि डरायर आफ्ना जिम्मेवारीहरु पुरा गर्न तर्फ आजबाटै लाग्यौं भने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहकारी दिवसप्रति सच्चा प्रतिबद्धता हुनेछ । 

आज सहकारी नियमन प्राधिकरण बनेको छ । यसले सहकारीको संरक्षण र प्रवर्द्धनमा काम गर्छ भन्नेमा पनि हामी पूर्ण विश्वस्त हुनुपर्छ । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा राख्नुभएको विचारको सम्पादित अंश ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप