राज्यको नीति सहकारीलाई नियन्त्रण गर्ने होइन, आचरणमा सुधार ल्याउने हो : मन्त्री अधिकारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राज्यको नीति सहकारीलाई नियन्त्रण गर्ने होइन, आचरणमा सुधार ल्याउने हो : मन्त्री अधिकारी 

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विग्रेको कुरालाई सही आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्ने बताउनुभएको छ । उहाँले आचरणहिन भैसकेकालाई आचरणमा सुधार ल्याउन नियन्त्रण गर्न लागिएको हो, राज्यको नीति सहकारीलाई नियन्त्रण गरेर जाने नभएको स्पष्ट पार्नुभयो । 

शनिबार १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ र मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भन्नुभयो, “सहकारी स्वनियमनमा चल्ने संस्था हो, स्वनियमनको पद्दतिलाई छोडेर अनियन्त्रित भएका कारण अहिलेको पद्दतिलाई ठीक ठाउँमा ल्याउन केही समयका लागि नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता भनिएको हो, यसलाई ठीक ढंगले बुझिदिन अनुरोध गर्दछु ।” उहाँले सहकारीको दीर्घकालिन विकासका लागि सोच्न सहकारी अभियानकर्मीहरुलाई आग्रह गर्दै सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको र त्यसका लागि सहकारी अभियानकर्मीहरुको सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मन्त्री अधिकारीले गर्नुभएको थियो । 

महासंघकी अध्यक्ष ओमदेवी मल्लले अन्तर्राष्ट्रिय सहकारी दिवस, दिवसको थिमले प्रवह गरेको सन्देश, विश्व इतिहासमा दिवसको महत्ववारे प्रकाश पार्दै विश्वभर विविध कार्यक्रमसहित दिवस मनाइएको जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा दिवसको थिमको विषयमा सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले कार्यक्रपत्र प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा देशभरका उत्कृष्ट सहकारी र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि., बरहथवा–१५, सर्लाहीका अध्यक्ष गोविन्द्र प्रसाद उप्रेतीलाई प्रदान गरिएको छ ।  उहाँलाई मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गर्नुभएको थियो । 

त्यसैगरि सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्यूज डटकमका सम्पादक माधव कुमार खड्कालाई र उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार जिल्ला सहकारी संघ, रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवाली, दुवैलाई नगद रु. २५ हजार र सम्मानपत्र  प्रदान गरिएको थियो । 

केन्द्रीय सहकारी संघ तर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भएको थियो भने जिल्ला अन्तर्गत दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरेको थियो । 

त्यसैगरि सातै प्रदेश अन्तर्गत प्रारम्भिक सहकारी संस्थाहरुमा कोशी अन्तर्गत मेची कृषक बहुमुखी सहकारी संस्था, झापा, मधेशः महिला साना किसान कृषि सहकारी संस्था लि., धनुषा, बागमतीः सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे, गण्डकीः ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा, लुम्बिनीः इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, रुपन्देही, कर्णालीः चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला र सुदूरपश्चिमः जीवनज्याति बचत तथा ऋण सहकारी संस्था, बैतडी पुरस्कृत भएका थिए । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले तयार पारेको सहकारीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । सहकारी क्षेत्रका महिला नेतृत्वकर्ताहरू निर्मला दंगाल, दिलमाया सारु र निलम विकले आफ्नो संघर्षका कथा प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासंघका सल्लाहकारहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, डा. उषा झा, लिलामणि पोखरेल, नेफस्कूनका अध्यक्ष चन्द प्रसाद ढकाल, हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. तिर्थराज रेग्मी लगायतले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा हेफर इन्टरनेशनल र मुक्तिनाथ विकास बैंकको सहयोग रहेको थियो । 
 
भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप