नेफ्स्कूनको ३९औँ स्थापना दिवसको हार्दिक शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३९औँ स्थापना दिवसको हार्दिक शुभकामना

नेफ्स्कूनका पूर्व अध्यक्ष एंव सल्लाहकार मिनराज कंडेलले संघ ३९औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप सफलता हासिल गर्न शुभेच्छा दिनुभएको छ । उहाँको शुभकामना तथा विचारको सम्पादित अंश समेत यहाँ प्रस्तुत गरेका छौं :

मिनराज कंडेल
पूर्व अध्यक्ष एंव सल्लाहकार, नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवसको सुखद अवसरमा नेफ्स्कूनका सम्पूर्ण सदस्य संस्था, सञ्चालक, कर्मचारी, सहकारीकर्मी, शुभेच्छुक तथा समग्र सहकारी अभियानमा आबद्ध सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बचत तथा ऋण सहकारी अभियानको संस्थागत विकास, विस्तार, व्यावसायिक सुदृढीकरण र गुणस्तरीय सेवाको प्रवद्र्धनमा नेफ्स्कूनले तीन दशकभन्दा लामो यात्रामा निर्वाह गरेको भूमिका उल्लेखनीय छ। सदस्य संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, वित्तीय अनुशासन, सुशासन, जोखिम व्यवस्थापन, प्रविधिमैत्री रूपान्तरण, व्यावसायिकता तथा सदस्यकेन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै संघले अघि बढाएको अभियानले नेपालको बचत तथा ऋण सहकारी क्षेत्रलाई संस्थागत आधार प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

आज सहकारी अभियान एउटा महत्वपूर्ण संक्रमणकालीन चरणमा उभिएको छ । एकातर्फ सदस्यको विश्वास, पूँजी परिचालन र आर्थिक समृद्धिको आधारका रूपमा सहकारीप्रतिको अपेक्षा उच्च छ भने अर्कोतर्फ सुशासन, पारदर्शिता, वित्तीय अनुशासन, नियमन, उत्तरदायित्व र संस्थागत विश्वसनीयताका विषयमा गम्भीर प्रश्नहरू उठिरहेका छन् । यस्तो संवेदनशील परिस्थितिमा समस्याबाट विचलित हुनेभन्दा पनि आत्मसमीक्षा, सुधार र संस्थागत पुनर्संरचनाको माध्यमबाट सहकारी अभियानलाई अझ बलियो बनाउनु आजको साझा दायित्व हो ।

यसका लागि सहकारीका मूल्यमान्यता, अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त, प्रचलित नीति, नियम, ऐन तथा कानुनको पूर्ण र निष्ठापूर्ण पालना गर्दै प्रत्येक सहकारी संस्था, सञ्चालक, कर्मचारी तथा सहकारी अभियन्ता आ–आफ्नो जिम्मेवारीप्रति अझ बढी जवाफदेही बन्न आवश्यक छ । सहकारीको स्वायत्तता र सदस्यकेन्द्रित चरित्रलाई अक्षुण्ण राख्दै नियमन, सुशासन र उत्तरदायित्वका उच्चतम मापदण्ड स्थापित गर्नु नै वर्तमान चुनौतीको दीर्घकालीन समाधान हो ।

सहकारी अभियानको सुदृढीकरणका लागि सरकार र नियमनकारी निकायले पनि सहकारीको वास्तविक प्रकृति, मूल्य, सिद्धान्त र सदस्यकेन्द्रित चरित्रलाई आत्मसात् गर्ने सहकारीमैत्री, व्यावहारिक, स्पष्ट र समयसापेक्ष कानुनी व्यवस्था निर्माण गर्न आवश्यक छ। कानुन निर्माण र नीतिगत सुधारको प्रक्रियामा सहकारी अभियानका सरोकारवालाको संस्थागत सहभागिता र व्यावहारिक अनुभवलाई समेत उचित स्थान दिइनुपर्छ ।

यस सन्दर्भमा सहकारी अभियन्ता र सहकारीकर्मीहरू पनि आफ्नो जिम्मेवारीबाट पछि हट्ने होइन, बरु आवश्यक कानुनी सुधार, नीतिगत परिमार्जन र नियामकीय व्यवस्थालाई संस्थागत रूपमा सहयोग गर्न पूर्ण रूपमा तयार छौँ। कानुनको सम्मान गर्दै, आवश्यक सुधारका लागि सुझाव दिँदै र सहकारीमैत्री कानुनी वातावरण निर्माणमा रचनात्मक साझेदारी गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । वर्तमान विषम परिस्थितिमा व्यक्तिगत, संस्थागत वा समूहगत स्वार्थभन्दा माथि उठेर समग्र सहकारी अभियानको हितलाई केन्द्रमा राख्दै सबै सहकारीकर्मी एकताबद्ध भएर अघि बढ्न जरुरी छ । आपसी अविश्वास, आरोप–प्रत्यारोप र विभाजनले होइन, तथ्य, संवाद, सहकार्य, आत्मसमीक्षा र साझा प्रतिबद्धताले मात्र सहकारी अभियानलाई नयाँ उचाइमा पु¥याउन सक्छ ।

यस ऐतिहासिक दायित्वलाई आत्मसात् गर्दै नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, वित्तीय स्थायित्व, जोखिम न्यूनीकरण, सुशासन, प्रविधिगत रूपान्तरण र सदस्यहित संरक्षणका क्षेत्रमा अझ प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास लिएको छु। साथै, सहकारी अभियानका साझा मुद्दामा एकता, सहकार्य र संस्थागत समन्वयलाई थप सुदृढ गर्दै विश्वसनीय, उत्तरदायी र दिगो सहकारी अभियान निर्माणमा सबै पक्षको रचनात्मक भूमिका रहने अपेक्षा गर्दछु ।

नेफ्स्कूनको ३९औँ स्थापना दिवसले वर्तमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै सहकारी अभियानमा नयाँ सोच, नयाँ ऊर्जा, आत्मविश्वास र संस्थागत प्रतिबद्धताको सञ्चार गर्न सकोस्। सदस्यको विश्वासलाई सर्वोच्च प्राथमिकतामा राख्दै सुशासनयुक्त, पारदर्शी, अनुशासित, स्वावलम्बी र दिगो सहकारी अभियान निर्माण गर्ने यात्रामा नेफ्स्कून र समग्र सहकारी अभियानले थप सफलता प्राप्त गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । नेफ्स्कूनको ३९औँ स्थापना दिवसको हार्दिक शुभकामना !

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

१ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

२ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप