नेपालका दुई साकोसले पाए एक्सेस ब्रान्ड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालका दुई साकोसले पाए एक्सेस ब्रान्ड

काठमाडौं  । नेपालका दुई बचत तथा ऋण सहकारी संस्थाले सन् २०२६ मा एशियाली ऋण महासंघ (अकू) द्वारा सम्पन्न एक्सेस अडिटमा सफलता हासिल गरेका छन् ।  रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिल्भर र नवलपुरको मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्रोन्ज स्तर प्राप्त गरेका हुन् ।

एक्सेस अर्थात् A1 Competitive Choice of Excellence in Services and Soundness एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गर्दै आएको गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण कार्यक्रम हो । नेपालमा सन् २००६ देखि अभ्यासमा रहेको यस कार्यक्रममा हाल ८० वटा बचत तथा ऋण सहकारी संस्था सहभागी छन् ।

यस वर्ष एक्सेसको निर्धारित स्तर पूरा गरेका जनउत्थान साकोस,रुपन्देही र मध्यनेपाल साकोस, नवलपुरले अकू बाट हुने अडिटमा सहभागिता जनाएका थिए । अडिटबाट जनउत्थानले सिल्भर र मध्यनेपालले ब्रोन्ज स्तर हासिल गरेका हुन् । जनउत्थान बचत तथा ऋण सहकारीको कुल सम्पत्ति ४ अर्ब एकासी करोड साठी लाख ७९ हजार ८८३ रुपैयाँ रहेको छ । संस्थामा ४४ हजार चार सय उठाइस सदस्य र उनानव्वे कर्मचारी छन् । संस्थाको शुद्ध संस्थागत पूँजी ८.७४ प्रतिशत रहेको छ भने कुल बचतमा नियमित बचतको हिस्सा ४३.६७ प्रतिशत छ । कुल सदस्यको २५.८८ प्रतिशत अर्थात् ११ हजार ४९६ सदस्यले ऋण सेवा उपयोग गरिरहेका छन् ।

त्यस्तै, नवलपुरको देवचुलीमा रहेको मध्यनेपाल बचत तथा ऋण सहकारीको कुल सम्पत्ति १ अर्ब चौसठी करोड रहेको छ । संस्थामा ३३ हजार माथि सदस्य र ४७ कर्मचारी छन् । शुद्ध संस्थागत पूँजी ७.५३ प्रतिशत रहेको मध्यनेपालमा कुल सदस्यको १०.१३ प्रतिशत सदस्यले ऋण सेवा उपयोग गरिरहेका छन् । 

एक्सेस कार्यक्रम Balance Scorecard मा आधारित गुणस्तर मापनको मानक औजारका रूपमा विकास गरिएको हो । यसमार्फत वित्तीय दृष्टिकोण, सदस्य दृष्टिकोण, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ एवं वृद्धिका क्षेत्रमा कुल ८६ वटा सूचकका आधारमा संस्थाको स्तर मापन गरिन्छ ।

कार्यक्रमअन्तर्गत व्यवस्थापकीय कार्यकुशलता, सुशासनका अभ्यास, प्रविधि, सुरक्षा तथा नियामकीय व्यवस्थाको कार्यान्वयनलगायत विभिन्न पक्षमा प्राविधिक जाँच गरिन्छ। यसले सहकारी संस्थाको संस्थागत क्षमता, वित्तीय स्थायित्व र सेवा गुणस्तर सुधारमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । एक्सेस अडिटमा सिल्भर ब्राण्ड र ब्रोन्ज स्तर हासिल गरेकोमा दुवै संस्थालाई संघले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
 
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२१ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप