किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

नवलपरासी । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र German Sparkassenstiftung for International Cooperation  को सहयोगमा सञ्चालित तीन दिने कृषक व्यवसाय खेल तालिम श्रावण २८ गते सम्पन्न भएको छ ।

समुद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेल, विषेश उपस्थितिमा पूर्व अध्यक्ष एवं शिक्षा उप–समिति संयोजक, नेफ्स्कूनका संचालक सदस्य गोपाल प्रसाद गौतम, संस्थाका सचिव सरस्वती कंडेल, प्र.का.अ. संजयराज तिमिल्सिना, शिक्षा उप–समिति सदस्य शुभ राना, गैंडाकोट पूर्व एकाई संयोजक डिलाराम सापकोटा, गैंडाकोट पश्चिम एकाई संयोजक खिमा शर्मा, नेफ्स्कूनका व्यवसाय अधिकृत अस्तमिता अधिकारी र यमकला सुवेदी, संस्थाका विभाग प्रमुखहरु किरण देवकोटा, अर्जुन पौडेल, प्रेम प्रसाद अधिकारीको उपस्थिती रहेको थियो । 

समुदघाटन कार्यक्रमको सहजिकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले उपस्थितलाई स्वागत गर्दै कार्यक्रमको आवश्यकता महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । शुभकामना मन्तव्य दिँदै शिक्षा उपसमिति संयोजक, पूर्व अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक सदस्य गोपाल प्रसाद गौतमले आयोजित तालिमले सदस्यहरूलाई व्यवसायमुखी र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । 

कार्यक्रममा तालिमका सहभागीले व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक सदस्यहरूका लागि तालिम निकै प्रभावकारी, व्यावहारिक र फलदायी भएको अनुभव सुनाउनुभयो । गत साउन २४ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा विभिन्न क्षेत्रका २९ जना सदस्यहरूको सहभागिता रहेको थियो । 

तालिममा नेफ्स्कूनका व्यवसाय अधिकृत अस्मिता अधिकारी र यमकला सुवेदीले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन तथा संचालन संस्थाका कार्यक्रम विभाग प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१३ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप