कृषक व्यावसाय खेल तालिम किसान कमैया कल्याण साकोसमा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यावसाय खेल तालिम किसान कमैया कल्याण साकोसमा सञ्चालन

बर्दिया । किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग र The German Sparkassenstiftung for International Cooperation (DSIK)  जर्मनीको सहयोगमा  सञ्चालित तीनदिने कृषक व्यावसायिक खेल तालिम सम्पन्न भएको छ ।

साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको तालिमको उद्घाटन कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ, बर्दियाका अध्यक्ष लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरस्वती शर्माले गर्नुभएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रविण अधिकारी र महेश बरालले गर्नुभएको थियो । तालिममा संस्थाका सदस्य तथा कृषक सदस्य गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागी कृषकहरूलाई परम्परागत रूपमा कक्षा सञ्चालन गरेर मात्र नभई खेल तथा विभिन्न व्यावहारिक गतिविधिमार्फत वित्तीय ज्ञान र सीप प्रदान गरिएको थियो। खेलका माध्यमबाट बचत, ऋण, वित्तीय व्यवस्थापन, आय–व्यय व्यवस्थापन तथा कृषि व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउने विषयमा जानकारी गराइएको थियो ।

खेलमार्फत सिकाइको अभ्यास भएकाले तालिम थप रोचक, प्रभावकारी तथा सहभागीमैत्री बनेको थियो । सहभागीहरूले खेल्दै र अभ्यास गर्दै वित्तीय ज्ञान हासिल गर्न पाएको भन्दै तालिम अत्यन्तै उपयोगी र ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका थिए ।

तालिमको समापन साउन २८ गते भएको हो । समापन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख  बिना कुमारी भट्टाई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा तालिमका सहभागी, संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै अतिथिहरूले कृषकहरूको क्षमता विकाससँगै वित्तीय ज्ञान अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । कृषि पेशालाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै कृषकहरूको आर्थिक अवस्था सुधार गर्न वित्तीय ज्ञानको महत्वपूर्ण भूमिका रहनेमा समेत जोड दिइएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको उक्त कृषक व्यावसायिक खेल तालिम उपलब्धिमूलक र प्रभावकारी रूपमा सम्पन्न भएको संस्थाले जनाएको छ । तालिमले सहभागी कृषकहरूमा कृषि व्यवसायसम्बन्धी ज्ञानसँगै वित्तीय व्यवस्थापन गर्ने क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप