सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

कास्की ।  कास्की, माछापुच्छ्रे गा.पा. २, भुर्जुङखोला स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको तीनदिने कृषक व्यवसायिक खेल तालिम सम्पन्न भएको छ ।

तालिमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का तथा पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सपना कुमारी गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत गोबिन्द आचार्यले गर्नुभएको थियो ।

संस्थाका ३० जना शेयर सदस्यहरूको सहभागितामा सञ्चालित तालिममा संस्थाको तर्फबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सञ्चालक सदस्य तथा उच्च व्यवस्थापनको समेत उपस्थिति रहेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै कृषि व्यवसायलाई अझ व्यवस्थित, व्यवसायमुखी र दिगो बनाउने विषयमा ज्ञान तथा सीप हासिल गरेको साथै तालिमबाट सिकेका ज्ञान, सीप र अभ्यासलाई आफ्नै कृषि व्यवसायमा प्रयोग गर्ने, आय–व्यय तथा हिसाब–किताबलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने तथा कृषि व्यवसायलाई योजनाबद्ध ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गिरिधारी आचार्यले यस्ता तालिमहरूले सदस्यहरूलाई उत्पादनमुखी कृषि व्यवसायतर्फ प्रेरित गर्नुका साथै आधुनिक व्यवस्थापन प्रणाली अपनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१९ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप